सहमतिका आधारमा नियमावली टुंग्याउन कांग्रेस र एमाले सहमत

४ असार, काठमाडौं । व्यवस्थापिका संसद्को कार्यसंचालन नियमावली सम्बन्धी प्रतिवेदन आइतबार पनि निर्णयार्थ प्रस्तुत नहुने भएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नियमावली सहमतिका आधारमा नै बनाउने समझदारी भएपछि आइतबारको संसद् बैठकमा प्रतिवेदन निर्णयार्थ पेश नहुने भएको हो ।
ओली र देउवाबीच शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहमतिका आधारमा नियमावली बनाउने समझदारी भएपनि मुख्य विवाद् रहेको संसदीय सुनुवाइ विशेष समितिको सदस्य संख्याका बारेमा भने कुनै सहमति भएको छैन । प्रधानमन्त्री ओलीले पार्टीको स्थायी समिति बैठकमा देउवासँग सहमतिका आधारमा नियमावली टुंग्याउने समझदारी भएको जानकारी गराएको नेताहरुले बताएका छन् ।
एमालेले संविधान अनुसार संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय हुनुपर्ने बताउँदै आएको छ भने काँग्रेसले संघीय संसद्को निर्वाचन नभएसम्म समिति पहिले जस्तै ७५ सदस्यीय हुनुपर्ने अडान लिंदै आएको छ ।
प्रमुख दुई दलको फरक अडानका कारण संसद्ले करिब ९ महिनादेखि नियमावली बनाउन सकेको छैन । नियमावली मस्यौदा समितिले संख्याको विवाद् संसद्बाट नै टुंग्याउने गरी प्रतिवेदन बुझाएको डेढ महिना भइसकेको छ ।
sher-bahadur-Dauba-and-Kp-oli 

src=http://www.onlinekhabar.com/2016/06/441873/

Share this

Related Posts

First