कारवाही नहुनाले कर्मचारीहरुमा कामै नगरी तलब खाने परिपाटी बढ्योः मन्त्री शर्मा

सामान्य प्रशासनमन्त्री रेखा शर्माले दण्ड र पुरस्कारको उचित व्यवस्था नहुँदा निजामती प्रशासनमा विकृति मौलाएको बताएकी छन्।
सामान्य प्रशासनमन्त्री शर्माले नेपाल राष्ट्रिय कर्मचारी संगठनको रासस शाखाले आइतबार काठमाडौमा गरेको कार्यक्रममा राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुको साटो नराम्रो काम गर्नेलाई च्याप्ने प्रवृत्तिले निजामती प्रशासनमा विकृति मौलाएको बताए। कारवाही नहुनाले कर्मचारीहरुमा कामै नगरी तलब खाने परिपाटी बढेको उनको भनाइ छ। उनले राजनीतिक पार्टीहरुले भातृ संगठनको रुपमा कर्मचारी संगठनलाई संरक्षण दिएका कारण कर्मचारीहरुमा काम नगर्दा पनि केही फरक पर्दैन भन्ने मनोबल बढेको बताइन्।
सामान्य प्रशासनमन्त्री शर्माले निजामती प्रशासनमा सुधारका लागि सबै कर्मचारीको कामको समीक्षा गर्नुपर्ने बताइन्।

Share this

Related Posts

Previous
Next Post »