असार
५, २०७३- विशालबजारमा सुन कारोबारी सञ्जय पाण्डेको पाँच किलो सुन लुटेको
आरोपमा प्रहरी नायब निरीक्षक विजयप्रताप साह पक्राउ परे पनि उनको संलग्नता
पुष्टिको बलियो प्रमाण फेला परेन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो
(सीआईबी) ले साहको मोबाइल जाँचका क्रममा त्यसमा अटो कल रेकर्ड एप्स फेला
पार्यो।
त्यसपछि साहको आवाजको नमुना लिएर सुन लुट्ने योजनाको अडियो क्लिप ‘भ्वाइस इस्पेक्ट्रअ एनालाइजर’ मार्फत परीक्षण गर्दा आवाज साहकै भएको पुष्टि भयो। पक्राउ परेका अन्य आरोपीको बयानसँगै आवाज परीक्षणको प्रमाणले उनी पुर्पक्षका लागि थुनामा गए। साह प्रहरी अपराध महाशाखामा कार्यरत थिए।
साहमाथिको अनुसन्धान प्रहरीले सुरु गरेको आधुनिक प्रविधिमा आधारित अनुसन्धानको प्रभावकारिताको सफल नतिजामध्ये एक हो। प्रहरीले गम्भीर प्रकृतिका ५० बढी घटनाको अनुसन्धानमा भ्वाइस इस्पेक्ट्रअ एनालाइजरको प्रयोग गरेको छ भने हजार बढीको पोलिग्राफ परीक्षण गरेको छ।
भ्वाइस एनालाइजरको परीक्षण जनकपुर बमकाण्डको अभियुक्तबाट सुरु भएको थियो। घटनामा सञ्जय साह (टकला) को संलग्नताको आशंका भए पनि प्रमाणका आधारमा प्रहरीले उनलाई अनुसन्धानको दायरामा ल्याउन सकेको थिएन।
मुकेश चौधरीको पक्राउसँगै उनको मोबाइलमा घटनाको दिन भएको वार्तालाप फेला पारेको प्रहरीले कुराकानीमा संलग्न व्यक्ति साह हुन् या हैनन् भन्ने पुष्टिका लागि भ्वाइस एनालाइजर प्रविधि प्रयोग गर्यो। परीक्षणमा मुकेशलाई बम हान्न अर्हाएको बोली साहकै पुष्टि भएपछि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो। उनी सोही अभियोगमा जेलमा छन्।
ब्युरो अधिकारीका अनुसार २ वर्षको बीचमा ५० वटा आपराधिक घटनाका आरोपी अपराधमा संलग्न रहेको प्रमाणका लागि भ्वाइस एनालाइजर प्रविधिको प्रयोग भएको छ। पछिल्लो समय झापामा भएको एक हत्या घटना र दोलखामा बाबुबाट बलात्कृत घटनाको प्रमाण संकलनका क्रममा प्रहरीले यो विधि प्रयोग गरेको थियो।
‘अबको जमानामा शंकास्पदलाई पक्राउ गरी बयान लिने अनुसन्धान पद्धतिबाट अनुसन्धान सफल बनाउन सम्भव छैन,’ अपराध अनुसन्धान विभागका प्रमुख एआईजी विज्ञानराज शर्माले भने, ‘प्रमाणमुखी अनुसन्धान पद्धति अपनाउनुको अर्को विकल्प छैन।’
कल डिटेल हुँदै भ्वाइस एनालाइजरसम्म
सीआईबीका प्रमुख डीआईजी नवराज सिलवाल ९८ प्रतिशत गम्भीर र संगठित अपराधमा प्रविधिको प्रयोग हुने बताउँछन्। यस्ता अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग नगर्ने हो भने परिणाम निकाल्न सम्भव नहुने उनको भनाइ छ।
‘पहिला थुनेर अनि सुन्ने अनुसन्धान पद्धति अब काम छैन,’ सिलवालले भने, ‘प्रमाणका आधारमा पक्राउ पद्धतिले मात्रै संगठित अपराधको अनुसन्धान सम्भव छ।’
बयानमुखीबाट प्रमाणमुखी अनुसन्धान पद्धति बसाल्न प्रहरीले ‘कल डिटेल विश्लेषण’ पद्धतिबाट अनुसन्धानमा प्रविधिको प्रयोग भित्र्याएको थियो।
अहिले प्रहरीले अनुसन्धानमा भ्वाइस एनालाइजरसँगै शंकास्पद व्यक्तिको बयानको सत्यता परीक्षण गर्ने पोलिग्राफ परीक्षण, आधुनिक फिंगरप्रिन्ट, केमिकल परीक्षण गर्ने जीसीएमएस, डकुमेन्ट फ्रडुलेन्ट लगायत आधुनिक पद्धतिको प्रयोग बढाएको छ। भ्वाइस एनालाइजर प्रहरीले अनुसन्धानमा प्रयोग गरेको पछिल्लो आधुनिक उपकरण हो।
अपराध अनुसन्धानमा डीएनए परीक्षण, नार्को परीक्षण, ब्रेन म्यापिङ, टेलिफोन इन्टरसेप्सन, सिम क्लोनिङ, जासुसी क्यामरा, बगिङ डिभाइसजस्ता प्रविधिको प्रयोग बढिरहे पनि नेपालमा भने यी प्रविधि भित्रिन सकेका छैनन्। प्रहरी प्रधान कार्यालयले आधुनिक प्रविधिको सूची गृह मन्त्रालयसमा पठाए पनि ती प्रविधि प्रहरीलाई दिने प्रक्रिया अगाडि
बढेको छैन।
डीआईजी सिलवाल प्रमाणका आधारमा मात्रै पक्राउ गर्ने पद्धति अपनाउँदा असम्भव ठानिएका घटनाको पनि सफल अनुसन्धान भएको बताउँछन्। आधुनिक प्रविधिको प्रयोग बढाउँदा अुनसन्धान थप बलियो र प्रभावकारी हुने उनको भनाइ छ।
अनुसन्धानमा ६ प्रतिशत मात्रै जनशक्ति
बयानमुखी अनुसन्धान पद्धति परिर्वतन गरी प्रमाणमुखी अनुसन्धान पद्धति बसाल्न प्रहरीले एक वर्ष अगाडि तीनवर्षे रणनीति कार्यान्वयनमा ल्याएको थियो।
प्रविधिको प्रयोगसँगै आवश्यक जनशक्ति बढाउनु रणनीतिको मुख्य लक्ष्य भए पनि अधिकांश अनुसन्धान अझै बयानमुखी नै छ। गम्भीर प्रकृतिका केही अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग भने भएका छन्।
प्रहरी अधिकारी आर्थिक स्रोत र दक्ष जनशक्तिको अभावमा सबै प्रकृतिको अनुसन्धानमा प्रविधिको उपयोग गर्न नसकिएको बताउँछन्। प्रहरीका लागि आउने ८० प्रतिशत बढी बजेट रासन र कार्यालय सञ्चालनमै सकिँदा आवश्यक उपकरण भित्र्याउन कठिन भएको प्रधान कार्यालयका अधिकारीको कथन छ।
तीन वर्षको अवधिमा अनुसन्धानमा संलग्न जनशक्ति बढाएर १० प्रतिशत पुर्याउने लक्ष्य राखिए पनि एक वर्षमा केवल एक प्रतिशत मात्रै बढ्यो। विभागको तथ्यांकअनुसार प्रहरीको ७२ हजार जनशक्तिमध्ये ४ हजार प्रहरी मात्रै अनुसन्धानमा संलग्न छन्।
पोलिग्राफ परीक्षण उपकरण क्षेत्रीय प्रहरी कार्यालयसम्म मात्रै पुगेका छन्। भ्वाइस एनालाइजर उपकरण सीआईबीमा मात्रै छ। प्रधान कार्यालयले विधि विज्ञान प्रयोगशाला बल्ल क्षेत्रीय रूपमा बनाउने गृहकार्य अगाडि बढाएको छ।
प्रहरीले अनुसन्धानलाई व्यवस्थित बनाउन अपराधमा संलग्नहरूको फिंगरप्रिन्ट र डिजिटल रेकर्ड राख्ने अभ्यास अगाडि बढाएको छ। अहिले करिब ५० हजार फिंगरप्रिन्ट र १ लाख ५० हजारवटा आपराधिक व्यक्तिको सूची डिजिटल पद्धतिमा सूचीकृत छ।
एआईजी शर्मा क्षेत्रीय विधि विज्ञान प्रयोगशाला स्थापना तथा डिजिटल फरेन्सिक ल्याब सञ्चालनमा आइसकेको बताउँछन्। अनुसन्धानमा सघाउन तालिम प्राप्त कुकुर क्षेत्रीय तहसम्म पुर्याएको, घटनास्थल अवलोकनका लागि घटनास्थल अवलोकन अधिकृतको प्रबन्ध, किट बक्स लगायतको प्रयोग बढाएको उनले बताए।
‘पर्याप्त प्रविधि र जनशक्ति नभए पनि गम्भीर
प्रकृतिको अपराध अनुसन्धानमा सकेसम्म प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएका छौं,’ एआईजी शर्माले भने, ‘प्रमाणमुखी अनुसन्धान पद्धति बढाउन नयाँ प्रविधि भित्र्याउन र अनुसन्धान जनशक्ति निर्माणमा विभाग केन्द्रित छ।’
source: http://kantipur.ekantipur.com/news/2016-06-19/20160619075057.html