संसद नियमावली पारितपछि नेताहरुले भने–वीन वीन भयो

आइतबार, आषाढ ०५, २०७३
काठमाडौंः संसदीय सुनुवाई नियमावली संसदबाट पारित भएपछि सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका नेताहरुले ‘वीन वीन’ भएको प्रतिक्रिया दिएका छन् । नियमावली पारित भएपछि प्रमुख प्रतिपक्ष नेपाली काग्रेस र सत्तारुढ एमाले, माओबादी केन्द्रका नेताहरुले ‘वीन, वीन ’ भयो भन्दै संसद भवनबाट बाहिरिएका थिए । दलहरुबीचको लामो खिचातानी र विवादपछि संसदबाट संसदीय सुनुवाई नियमावली पारित भएको हो । पुरानै संविधान अनुसार ७५ सदस्यीय संसदीय सुनुवाई समिति रहनुपर्ने अडानमा रहेको नेपाली काग्रेस सहमतिमा आएपछि नियमावली पारित हुन सम्भव भएको हो । यसैबीच संसदीय सुनुवाइ समितिको पहिलो बैठक सोमबार बिहानसभामुखको कक्षमा बस्ने भएको छ । “मैले समितिको पहिलो बैठक सोमबार बिहान ८ बजे मेरो चेम्बरमा बोलाएको छु, यसपछि समितिले आफ्ना कार्यविधि निर्माण लगायतका काम गर्दै अगाडि बढ्ने छ ।” सभामुख ओनसरी घर्तीले भनीन् । अब मन्त्रिपरिषद्ले विभिन्न देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूत र न्यायाधीशको सुनवाइ गर्न मार्गप्रशस्त भएको छ । सुनवाइ समिति १५ सदस्यीय हुने, सिफारिसलाई दुई तिहाइले अस्वीकार गर्न सक्ने कुरालाई बहुमतले पारित गरेको थियो । - See more at: http://www.nayapage.com/94439#sthash.2pjybTJz.dpuf
Sambidhansava (2)

Share this

Related Posts

Previous
Next Post »