सम्पत्ति शुद्धीकरण मुद्दामा जित




असार ७, २०७३- अमेरिकाको पुनरावेदन तहको अदालतमा नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जितेको छ ।

स्रोत नखुलेको १० लाख डलरको मुद्दामा अमेरिकाको ‘स्टेट कोट अफ अपिल’ ले नेपालको पक्षमा फैसला गरेको हो । राष्ट्र बैंकबाट यस मुद्दाको विषयमा काम गरिरहेका उपनिर्देशक हरिकुमार नेपालका अनुसार फैसलाको विवरण नेपाललाई प्राप्त भइसकेको छ ।

उनका अनुसार सन् २००८ मा भंैसेपाटीस्थित बंगलादेश बैंकमा १० लाख डलर रकम चिनियाँ नागरिक
उ लिज्याङको नाममा आएको थियो । उनी पर्यटक भिसामा नेपाल बसिरहेका थिए ।

‘बैंकलाई स्रोतमाथि शंका लागेर अनुसन्धान गर्न राष्ट्र बैंकमा विवरण पठायो । स्रोत नखुलेको रकमको
शंका लागेपछि राष्ट्र बैंकले अनुसन्धानका लागि पैसा रोकिदियो,’ राष्ट्र बैंकको वित्तीय जानकारी इकाईका प्रमुखसमेत रहेका उनले भने, ‘यता रकम रोकेपछि हामीलाई जानकारी नै नदिई अदालतको आदेशमा अमेरिकास्थित राष्ट्र बैंकको खाताबाट १० लाख डलर रकम झिकेर उसलाई भुक्तानी दिने तयारी भएको थियो । हामीले कूटनीतिक नियोग प्रयोग गरी पैसा भुक्तानी गर्न रोक्यौं । त्यहाँको जिल्ला अदालतमा मुद्दा दायर गर्‍यौं ।’

जिल्ला अदालतले सन् २०१४ मा नेपालकै पक्षमा फैसला सुनाएको थियो । अमेरिकाबाट पैसा पठाउने असीम खत्री क्षत्री र चिनियाँ नागरिकले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन सरहको उक्त अदालतमा मुद्दा दायर गराए । ‘पुनरावेदनले नेपालको पक्षमा सोमबार फैसला सुनायो,’ उनले भने । 

http://bit.ly/28K0uUD

Share this

Related Posts

Previous
Next Post »