५ असार, काठमाडौं । व्यवस्थापिका संसद कार्यसञ्चालन नियमावली बहुमतले पारित भएको छ । आइतबारको संसद बैठकले नियमावली पारित गरेको हो ।
नियमावली पारित भएसँगै संसदीय सुनुवाईको बाटो खुलेको छ । यसअघि नियमावली नबन्दा राजदूत, न्यायाधीश लगायतको सुनुवाइ हुन सकेको थिएन ।
यसैबीच संसदीय सुनुवाई विशेष समिति १५
सदस्यीय हुने भएको छ । यसअघि सत्ता पक्ष र प्रतिपक्ष दलबीच सुनुवाई समिति
कति सदस्यीय हुने भन्ने विवाद थियो ।