युरो कपमा शनिबार तीन खेल, कुन टिमको सम्भावना कस्तो?

युरो २०१६ अन्तर्गत आज बेलुका तीन खेल हुने छन्। समूह ई मा बेल्जियम र आयरल्याण्ड तथा समूह एफका पहिलो खेलमा ९:४५ बजे आइसल्याण्ड र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ भने मध्यरात १२:४५ बजे हुने खेलमा पोर्चुगल र अष्ट्रिया भिड्नेछन्।
नेपाली समय अनुसार पौने सात बजे स्टेड डे बोर्डेक्स, बोर्डेक्स हुने खेलमा बेल्जियम र आयरल्याण्ड भिड्दैछन्।
पहिलो खेलमा राम्रो नतिजा ननिकालेका दुवै टीमका लागि आज महत्वपूर्ण खेल हो। अघिल्लो चरणमा जाने सम्भावना कायम राख्न दुवै टीमलाई स्पष्ट जितको खाँचो छ।
बेल्जियम पहिलो खेलमा इटलीसँग २–० ले पराजित भएको थियो। यस्तै आयरल्याण्ड पहिलो खेलमा स्वीडेनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
हेड टु हेड
फिफा वरियतामा दोस्रो स्थानमा रहेको बेल्जियम र ३२ औं स्थानमा रहेको आयरल्याण्ड अहिलेसम्म १३ औं पटक आमनेसामने भएका छन्। जसमा बेल्जियम ५ मा विजयी हुँदा आयरल्याण्डले ३ खेल जितेको थियो भने ५ खेल बराबरीमा सकिएको थियो।
हेर्न लायक खेलाडी:
केभिन डे ब्रुयन बेल्जियम, जेम्स म्याकार्थी आयरल्याण्ड
आइसल्याण्ड हंगेरी
शनिबार राति पौने १० बजे स्टेड भेलोड्रोम, मार्सेमा हुने खेलमा आइसल्याण्डले हंगेरीको सामना गर्दैछ।
पहिलोपटक युरोमा सहभागी भएको आइसल्याण्डले पहिलो खेलमा पोर्चुगललाई बराबरीमा रोकेको थियो।
यता अष्ट्रियालाई पराजित गरेको हंगेरी दोस्रो खेलमा पनि त्यही प्रदर्शनलाई दोहोर्‍याउने योजनामा छ। दुवै टीम खेल जित्दै दोस्रो चरण प्रवेश गर्ने तयारीमा छन्। आइसल्याण्डले खेल जिते अन्तिम १६ मा प्रवेश गर्ने करिब पक्का हुनेछ भने हंगेरीले जिते एक खेल अगावै अन्तिम १६ मा स्थान बनाउनेछ।
हेड टु हेड
फिफा वरियतामा २० औं स्थानमा रहेको हंगेरीले ३४औं स्थानमा रहेको आइसल्याण्डसँग अहिलेसम्म भएका १० खेलमा हंगेरी ७ मा विजयी भएको छ भने बाँकी ३ खेल आइसल्याण्डले जितेको छ। पछिल्लो पटक सन् २०११ मा बुढापेस्टमा भएको मैत्रीपूर्ण खेलमा हंगेरीले आइसल्याण्डलाई ४–० ले पराजित गरेको थियो।
हेर्नलायक खेलाडी :
गिल्फी सिगुरसन आइसल्याण्ड, बलाज डुजाक हंगेरी
पोर्चुगल भर्सेस अष्ट्रिया
आज राति हुने अन्तिम खेलमा पोर्चुगल र अष्ट्रिया भिड्दैछन्। दुवैलाई उत्तिकै दबाब हुनेछ। स्टार खेलाडी रोनाल्डोको टीम पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको थियो भने अष्ट्रिया हंगेरीसँग पराजित भएको थियो। त्यसैले अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न दुवैलाई जित्नैपर्ने बाध्यता छ।
पार्क डेन प्रिन्स, पेरिसमा हुने खेलले दुबैलाई प्रतियोगितामा रहिरहन सहयोग गर्नेछ।
हेड टु हेड
फिफा वरियताको ८औं स्थानमा रहेको पोर्चुगल र १०औं स्थानमा रहेको अष्ट्रिया अहिलेसम्म १० पटक भिडेका छन्। जसमध्ये पोर्चुगल २ र अष्ट्रिया ३ खेलमा बिजयी भएका छन्। बाकी ५ खेल बराबरीमा सहिएको छ।
हेर्नलायक खेलाडी : क्रिस्टियानो रोनाल्डो पोर्चुगल, डेविड अलावा अष्ट्रिया।

Share this

Related Posts

Previous
Next Post »