असार
२, २०७३- अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओर्ल्यान्डो गोलीकाण्डलाई लिएर
रिपब्लिकन पार्टीका तर्फबाट भावी राष्ट्रपति पदका आकांक्षी डोनाल्ड
ट्रम्पले दिएको प्रतिक्रियाको आलोचना गरेका छन् ।
उनले मुसलमानहरूलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने ट्रम्पको प्रस्तावले अतिवादीहरूको प्रोपोगान्डालाई बढावा दिने बताए ।
ओबामाले अमेरिकीहरूले डोनाल्ड ट्रम्पले ‘भनेजस्तो अमेरिका’ नचाहेको बताए । उनले अमेरिकी मुसलमानहरूलाई फरक व्यवहार गरिए त्यसले मुलुकलाई कम सुरक्षित तुल्याउनुका साथै पश्चिमा र मुसलमान विश्वबीच दूरी बढाउने उल्लेख गरे ।
ओबामाले भने, ‘आईएस र अल कायदाजस्ता समूह यसलाई इस्लाम र अमेरिका वा इस्लाम र पश्चिमा जगत्बीचको युद्ध बनाउन चाहन्छन् ।
यदि हामीले सबै मुसलमानहरूलाई एउटै डालोमा राख्ने गल्ती गर्यौं भने हामी एउटा समग्र धर्मविरुद्ध युद्धमा हुनेछौं र हामीले आतंकवादीले गर्नेजस्तै काम उनीहरूका लागि गरिरहेका हुन्छौं ।’ सोमबार ट्रम्पले अमेरिकाविरुद्ध आतंकवादी पृष्ठभूमि भएका मानिसलाई सबै मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए ।
ओर्ल्यान्डोमा गराइएको विध्वंसात्मक गोलीकाण्डले त्यसलाई पुष्टि गरेको ट्रम्पले बताए । ओर्ल्यान्डोस्थित एउटा समलिंगी रात्रि क्लबमा अफगान मूलका अमेरिकी नागरिक ओमार मातिनले आइतबार गराएको गोलीकाण्डमा ४९ जनाको ज्यान गएको थियो ।
ट्रम्पले राष्ट्रपतिलाई अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउन सक्ने लागेको खण्डमा कार्यकारी अधिकारको प्रयोग गरी जुनसुकै व्यक्तिको प्रवेशमा एकलौटी ढंगले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउन सक्ने बताए ।
तर मंगलबार आक्रोशित देखिएका राष्ट्रपति ओबामा ट्रम्पविरुद्ध पहिलोपटक निकै आलोचनात्मक रूपमा प्रस्तुत भए । उनले धार्मिक लगायतको स्वतन्त्रताको जगमा अमेरिकाको निर्माण भएको बताए । ओबामाले अमेरिकामै जन्मिएका मुसलमानबाट त्यस्ता आक्रमणहरू हुने गरेको स्मरण गराए ।