असार ६, २०७३- एक
युवतीको हत्या र बलात्कारको अभियोगमा पक्राउ परेका मानबहादुर बुढाथोकीले
एक वर्षबीचमा धनुषा र महोत्तरीमा आफूले घटाएको घटनाको फेहरिस्त खोल्दा
केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली अक्कबक्क भयो ।
२०५३ मा महोत्तरीमा भएको एक हत्या घटनामा उनको संलग्नता खुलेपछी ब्युरोको प्रहरी भारतको दिल्ली पुगेर उनलाई पक्राउ गरी सोमबार नेपाल ल्याएको थियो । यसबीचमा उनले एक घटना मात्रै स्विकार गरेनन् प्रहरीले चाल नै नपाएको अन्य ३१ वटा घटनामा समेत आफू संलग्न रहेको दावी गरे ।
ब्युरोका एसपी दिवस लोहनीका अनुसार उनले दावी गरेका हत्या घटनामध्ये प्रहरीले ६ वटाको रेकर्ड फेला पारिसकेको छ । अन्य २६ वटा घटनाका पीडितको हुन प्रहरीलाई समेत पत्तो छैन ।
'अहिलेसम्म उसले खुलाएका घटनामध्ये ६ वटाको विवरण फेला परेको छ', एसपी लोहनीले भने' अन्य २६ वटाबारे भने हामी नै अनुसन्धानमा छौं ।'
ब्युरोले सार्वजनिक गरेको बुढाथोकीले स्विकार गरेको हत्या घटनाको प्रकृती एकै छ । धनुषा र महोत्तरीका विभिन्न स्थानमा २०५२ र २०५३ का विचमा भएका घटना अधिकांश सुनसान स्थानमा घटेका छन् । यी सबै घटनामा मारिएकाको घांटी थिचिएको छ भने अधिकांशको बलात्कार समेत भएको छ ।
प्रारम्भिमा बलात्कारको उदेश्यले महिलालाई नियन्त्रणमा लिने र प्रतिकार गरे हत्या गरी बलात्कार गर्ने उनको अपराध कार्यशैली देखिएको लोहनीले जानकारी दिए ।
२०५३ असार ९ गते महोत्तरी बर्दीबास-१ मा शारीरिक रुपमा असक्त २० वषिर्या युवतीको हत्या भएको थियो । घर नजिकैको जंगलमा गोठालो गएकी उनी बेलुकासम्म घर नफर्किएपछी खोजीगर्दा सागरनाथ बनविकास परियोजनाको जंगलमा पच्छ्यौराले घांटी कसेको अवस्थामा उनको शब फेला परेको थियो ।
पोष्टमार्टमकोक्रममा हत्या अघि उनको बलात्कार समेत भएको खुले पनि घटनामा संलग्नबारे खुलेको थिएन । अनुसन्धानमा प्राय भारतमा बस्ने बारा, डुमरवाना-६ खोरगााउका बुढाथोकी शंकाको घेरामा परे पनि उनी फेला नपर्दा घटना रहस्यमै रहेको थियो । उनी भारतीतिर लागे प्रहरीले २० वर्षसम्म फाइल थन्क्यायो ।
नसुल्झीएका पुराना आपराधिक घटनाको सूची संकलनकोक्रममा बर्दिवासमा भएको सो घटनामा ब्युरोको नजर परेपछी उसले ६ महिना अगाडिबाट अनुसन्धान शुरु गरेको थियो ।
'प्रारम्भिक अनुसन्धानमा उनी अन्य घटनामा पनि संलग्न हुनसक्ने आशंका थियो, तर सिरियल किलरनै हुन् भन्ने थिएन', बुढाथोकीको बयानबाट अचम्ममा परेका एसपी लोहनीले भने' बयानमा उनले घटनास्थल, मृतकको हुलिया सहितको विवरण खुलाएपछी हामीनै छक्कै पर्यौ।'
उनले सकारेका ३२ घटनामध्ये ६ वटाको फाइल ब्युरोले फेला परेको छ । ब्युरोको प्रारम्भिक अनुसन्धान विवरण अनुसार २०५२ फागुन २४ मा धनुषा बेगाडाबर नजिकैको चौरमा एक महिलाको शब फेला परेको थियो । अनुसन्धान नसुल्भिmएको सो घटना आफैंले गराएको बुढाथोकीले दावी गरेका छन् ।
२०५२ चैत्र २३ मा धनुषा, ढल्केवरको दमार जंगलमा गोठालो आएकी १७ बषर्ीया युवती, २०५३ जेठ ६ मा ढल्केवरकै जंगलमा गोठालो आएकी ६१ वषिर्या बृद्धा, २०५३ असारमा महोत्तरी बर्दिबासको बनपाले अफिस नजिकै पात टिप्न गएकी २५ वर्षकी महिलाको हत्या समेत आफैंले गरेको बुढाथोकीले खुलाएको एसपी लोहनीले जानकारी दिए ।
२०५३ साउनमा धनुषाको लालगढबजारको सयपत्री खोलामा मारिएकी महिला र २०५३ असार ९ मा महोत्तरी बर्दिबासको जंगलमा फेला परेको २० वषिर्य युवतीको हत्या समेत आफैंले गरेको बयानमा खुलाएको लोहनीले जानकारी दिए ।
उनले सकारेका घटनामध्ये महोत्तरीको हत्या घटनाको अनुसन्धान विवरण अदालतमा बुझाउन १ दिन मात्रै बांकी रहेकाले प्रहरीले उनलाई सोमबारनै महोत्तरी पठाएको छ । 'हत्या अनुसन्धानको हदम्याद कट्न लागेकाले सोमबार उनलाई महोत्तरी पठाएका छौ', लोहनीले भने 'उताको. प्रकृया सकिएपछी नखुलेका थप २६ हत्या घटनाबारे अनुसन्धान र सोधपुछ गछौं ।'

http://bit.ly/28JuhOI