भागबन्डाका न्यायाधीश ल्याउन लबिङ

भागबन्डाका न्यायाधीश ल्याउन लबिङ

खारेजीमा परेका २ दर्जन अतिरिक्त न्यायाधीशलाई नियुक्ति दिन कानुन बनाउने तयारी

 

असार २१, २०७३- नियुक्तिको सुरुमै विवादमा तानिएका र नयाँ संविधानपछि खारेजीमा परेका पुनरावेदन तहका २ दर्जन अतिरिक्त न्यायाधीशलाई फेरि न्यायालयमा प्रवेश गराउन प्रमुख राजनीतिक दलहरूले संसद्मा लबिङ थालेका छन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरूले अब हुने उच्च अदालतमा ती न्यायाधीश ल्याउन मिल्ने गरी कानुन बनाउन संसद्मा संशोधन प्रस्ताव दर्ता गरेका छन् । नयाँ संविधानमा अतिरिक्त न्यायाधीशको व्यवस्था नराखिएकाले उनीहरूको म्याद थपिएको थिएन ।
बाहिरिएका २८ मध्ये १७ जना कानुन व्यवसायी पृष्ठभूमिबाट अतिरिक्त न्यायाधीश बनेका थिए । तत्कालीन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको पालामा उनीहरूको नियुक्ति दलीय भागबन्डाका आधारमा भएको थियो । कांग्रेस, एमाले र माओवादी केन्द्र निकटका कानुन व्यवसायी पुनरावेदनमा पुगेका हुन् ।
सरकारले पेस गरेको न्याय परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा २८ न्यायाधीशलाई ल्याउन मिल्ने गरी सांसदहरूले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।
त्यस्तो प्रस्ताव ल्याउने सांसदहरूमा कांग्रेसका राधेश्याम अधिकारी, रमेश लेखक, जीवनबहादुर शाही, एमालेका कृष्णभक्त पोखरेल र माओवादी केन्द्रका अन्जना चौधरी र प्रतिक्षा तिवारी मुखिया छन् । उनीहरूले न्यायाधीशका लागि अभिलेख तयार गर्दा संविधान जारी हुँदाको समयका पुनरावेदनका अतिरिक्त न्यायाधीशलाई समेत समावेश गर्नुपर्ने प्रस्ताव गरेका हुन् । तीनवटै दलका सांसदहरूले सोमबार दर्ता गरेको बेग्लाबेग्लै प्रस्तावका भाषामा केही फरक भए पनि ती न्यायाधीशलाई नियुक्तिमा समावेश गर्न पाउनुपर्ने प्रस्ट उल्लेख छ ।
‘अबको नियुक्तिमा म्याद थप नभएका अतिरिक्त न्यायाधीशहरूको नामसमेत सूचीमा समावेश गर्न मिल्ने गरी प्रस्ताव दर्ता भएको हो,’ उच्च अदालतको नियुक्तिमा उनीहरूलाई सहभागी गराउन बाटो खुला गराउने गरी कानुनी व्यवस्थाको प्रस्ताव भएको जानकारी दिँदै सांसद अधिकारीले भने ।
नयाँ संविधानले अतिरिक्त न्यायाधीशको व्यवस्था गरेको छैन । भइरहेका न्यायाधीश भने नियुक्ति हुँदा तोकिएको म्यादसम्म मात्र कायम हुने भनी संक्रमणकालीन व्यवस्था छ । उक्त अवधि गत चैत २६ गते सकिएपछि ती न्यायाधीश स्वत: बाहिरिएका थिए । ‘उनीहरूमध्ये राम्रा न्यायाधीशलाई ल्याउन मिल्ने गरी प्रस्ताव राखिएको हो । सबैलाई ल्याउनुपर्छ भन्ने होइन,’ एमालेका सांसद पोखरेलले भने ।
माओवादी केन्द्रका सांसद रामनारायण विडारीले पनि प्रस्ताव दर्ता गराएका छन् । तर, उनले भने अरू भन्दा बेग्लै भाषा प्रयोग गरेका छन् । उनको प्रस्तावमा संविधान जारी हँुदा बहाल रहेका अतिरिक्त न्यायाधीशको सट्टा नियुक्तिका लागि अभिलेखमा ‘न्यायाधीश भई काम गरिसकेका व्यक्ति’ भन्ने शब्द राखेका छन् । ‘कसैलाई जागिर दिने नियतका साथ कानुन बनाउन हुन्न । परिषद्ले चाहे न्यायाधीश भइसकेका व्यक्तिलाई फेरि नियुक्ति गर्न सक्छ । त्यसैले मैले तोकेर नभनेको हुँ,’ विडारीले भने ।
शर्माको पालामा ३४ अतिरिक्त न्यायाधीश नियुक्त भएकामा कानुन व्यवसायीबाट १६ जना परेका थिए । न्याय सेवाभित्रको बेथेतिप्रति असन्तोष व्यक्त गर्दै मिहिरकुमार ठाकुरले अवधि बाँकी हुँदै राजीनामा दिएका थिए । कानुन व्यवसायीबाहेक जिल्ला न्यायाधीश, सरकारी वकिल र कानुन समूहमा वर्षौं काम गरेका व्यक्ति पनि अतिरिक्तको उक्त सूचीमा परेका थिए । संविधान जारी भएका बेला भने ५ जनाले उमेर हदले अवकाश पाई २८ जना कायम भएका थिए ।
कानुन व्यवसायीको सूचीमा परेकालाई स्थायी गर्न परिषदभित्रै सहमति जुटेको थिएन । तीमध्ये कतिपय पेसागत दक्षता नभएका, कनिष्ठ र दलीय फेरो समाएर मात्र अतिरिक्त न्यायाधीशमा नियुक्त भएको भन्दै उनीहरूलाई स्थायी गर्ने विषयमा विवाद भएको थियो ।
त्यतिबेला कांग्रेसबाट ७, एमालेबाट ४, माओवादीबाट २, मधेसबाट एक जना अतिरिक्तमा परेका थिए । तत्कालीन प्रधानन्यायाधीश शर्माका नातेदार मनोजकुमार शर्मासमेत उक्त सूचीमा परेका थिए । ती न्यायाधीशहरूमा ईश्वरीप्रसाद घिमिरे, नित्यानन्द पाण्डे, राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, नरबहादुर शाही, शान्तिसिंह थापा, नारायणप्रसाद साह छन् । त्यस्तै, जगन्नाथ महतो सिंह, तेजबहादुर राई, यमुना भट्टराई, नन्दलाल महतो थारू, सरिता शर्मा, नीलम पौडेल र अनिता मानन्धर जोशी उक्त सूचीमा थिए ।
दलीय कोटामा परे पनि पेसामा नभिजेका, कनिष्ठलाई सिफारिस गरिएको भन्दै न्याय क्षेत्रमा त्यतिबेला आलोचना भएको थियो । सेवा प्रवेशपछि पनि उनीहरूको कार्यसम्पादन सकारात्मक नभएको भन्दै स्थायी गर्नसमेत विलम्ब गरिएको थियो । तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र परिषदका अन्य वरिष्ठ सदस्यले उनीहरूलाई स्थायी गर्न नहुने अडान बैठकमा राख्दै आएका थिए ।
यसैबीच, सांसद पोखरेलले भने प्रमुख जिल्ला अधिकारीको निर्णय चित्त नबुझे जिल्ला अदालतमा सुनुवाइ हुने र त्यो निर्णय अन्तिम हुने भन्ने विधेयकको अर्को व्यवस्थासमेत संशोधन गर्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । ‘जिल्ला अदालतको निर्णय अन्तिम हुनै सक्दैन । त्यसमाथि पनि पुनरावेदन लाग्नुपर्छ भनी संशोधन दर्ता गरेको हो,’ उनले भने । उक्त विधेयक र परेका संशोधनमाथि विधायन समितिले छलफल गर्नेछ । त्यसपछि प्रतिवेदनसहित पारितका लागि संसदको पूर्ण बैठकमा जानेछ ।
http://bit.ly/29jooI9
न्यायाधीश, न्यायपरिषद्का सदस्य र राजदूतको सुनुवाइ अन्योलमा

न्यायाधीश, न्यायपरिषद्का सदस्य र राजदूतको सुनुवाइ अन्योलमा

संसदीय सुनुवाइ प्रक्रियामा संविधानमै गम्भीर त्रुटि

न्यायाधीश, न्यायपरिषद्का सदस्य र राजदूतको सुनुवाइ अन्योलमा

संविधानमा भएको गम्भीर त्रुटिका कारण संवैधानिक परिषद्बाहेकका निकायबाट सिफारिस भएका पदहरूमा संसदीय सुनुवाइ हुन नसक्ने देखिएको छ ।संविधानले संवैधानिक परिषद्बाट सिफारिस भएका व्यक्तिको मात्र संसदीय सुनुवाइ हुने व्यवस्था गरेका कारण यो निकायबाहेकबाट सिफारिस भएकाको सुनुवाइ प्रक्रिया कसरी अघि बढाउने भन्नेमा सुनुवाइ समितिसमेत अन्योलमा परेको छ ।
लामो दलीय विवादपछि बनेको सुनुवाइ समितिले संवैधानिक परिषद्, न्यायपरिषद् र मन्त्रिपरिषद्ले नियुक्ति सिफारिस गरेका व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउँदै उजुरीका लागि सार्वजनिक सूचनासमेत आह्वान गरिसकेको छ । उजुरीमाथि कसरी छानबिन गर्ने भन्ने विषयमा समितिमा सुरु भएको आन्तरिक छलफलमा संविधानले संवैधानिक परिषद्बाहेकको सिफारिसलाई सुनुवाइ गर्न नमिल्ने विवाद झिकेपछि अन्य निकायको सिफारिस सुनवाइमा असर पर्ने देखिएको छ ।
संविधानको धारा २९२ ले संवैधानिक परिषद्बाट सिफारिस भएका व्यक्तिको सुनुवाइ हुने उल्लेख गरेको तर न्यायपरिषद्, मन्त्रिपरिषद्, प्रधानमन्त्रीको सिफारिस र नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त हुनेको सुनुवाइ परिकल्पना नगरेकाले सुनुवाइ प्रक्रिया सुरु भइसकेपछि यस्तो अन्योल उत्पन्न भएको हो ।

‘संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ,’ संविधानको धारा २९२ मा उल्लेख छ ।
यो धारा न्यायपरिषद्लगायतको सिफारिस विषयमा मौन छ । तर, नेपालको अन्तरिम संविधानले भने सिफरिस हुने निकायलाई स्पष्ट व्यवस्था गरेको थियो । ‘यस संविधानबमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक पद तथा सर्वोच्च अदालतका न्यायाधीश र राजदूतको पदमा नियुक्ति पूर्वनिजहरूको कानुनमा व्यवस्था भएबमोजिम संसदीय सुनुवाइ हुनेछ,’ अन्तरिम संविधानको धारा १५५ मा उल्लेख थियो ।
सुनुवाइ समितिका सदस्यहरूले दुई संविधानले गरेको व्यवस्था तुलना गर्दै संविधानको व्यवस्थामा त्रुटि रहेका कारण संवैधानिक परिषद्बाहेकका निकायले गरेको सिफारिसमा सुनुवाइ गर्न नमिल्ने अडान लिएका हुन् ।
संविधानको यो त्रुटिपूर्ण व्यवस्थाका कारण प्रधानन्यायाधीश र निर्वाचन आयोगका प्रमुख आयुक्तको मात्र संसदीय सुनुवाइ अघि बढाउन संवैधानिक बाटो खुल्नेछ । संविधानको यो व्यवस्थाका कारण न्यायपरिषद्ले सर्वोच्च अदालतका स्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका ११ र मन्त्रिपरिषद्ले सिफारिस गरेका २२ राजदूतको सुनुवाइ अन्योलमा पर्ने भएको हो । संविधानको यो त्रुटिपूर्ण व्यवस्थाका कारण न्यायपरिषद्का दुई सदस्यको सुनुवाइ पनि प्रभावित हुने देखिएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने न्यायपरिषद्का दुई सदस्यको सुनुवाइ पनि संविधानको धारा २९२ को व्यवस्थाका कारण अन्योलमा पर्नेछ । संविधानले न्यायपरिषद्को सदस्यको पनि संसदीय सुनुवाइ हुनुपर्ने नयाँ व्यवस्था गरेको छ ।
संविधानअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, महालेखा परीक्षक, लोकसेवा आयोगका अध्यक्ष र सदस्य, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष र सदस्य, राष्ट्रिय महिला आयोगका अध्यक्ष र सदस्य, राष्ट्रिय दलित आयोगका अध्यक्ष र सदस्य, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष र सदस्य, मधेसी आयोग, थारू आयोग, मुस्लिम आयोगका अध्यक्ष र सदस्यहरू संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने व्यवस्था छ ।
संविधानको धारा २९२ अनुसार यीबाहेक अन्य निकायको सुनुवाइमा प्रत्यक्ष बाधा पर्नेछ । व्यवस्थापिका–संसद् नियमावलीको नियम १ सय ८४ मा संविधानको धारा २ सय ९२ बमोजिम संसदीय सुनुवाइ गरिने उल्लेख छ ।

यसकारण त्रुटि अन्तरिम संविधान

यस संविधान बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक पद तथा सर्वोच्च अदालतका न्यायाधीश र राजदूतको पदमा नियुक्तिपूर्व निजहरूको कानुनमा व्यवस्था भएबमोजिम संसदीय सुनुवाइ हुनेछ । (धारा १५५)

नेपालको संविधान

संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ । (धारा २९२)
http://rajdhani.com.np/article/0181136001467594324
न्यायाधीश बमका हत्यारा बाबु थापासहित ४ लाई जन्मकैदको फैसला

न्यायाधीश बमका हत्यारा बाबु थापासहित ४ लाई जन्मकैदको फैसला

प्रेमराजलाई ५ वर्ष जेल सजाय

Babu-thapa-pakrau-1
१९ असार, काठमाडौं । जिल्ला अदालत ललितपुरले सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न बाबु थापा भन्ने मघबहादुरसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
थापा तत्कालीन चुरेभावरका उपाध्यक्ष समेत हुुन् । पार्टी आधारिकता विवादमा न्यायाधीश बमको फैसलाले गृहराज्यमन्त्री हुने सपना तुहिएको भन्दै उनकै योजनामा २०६९ जेठ १८ गते न्यायाधीश बमको गोली हानेर हत्या भएको थियो ।
न्यायाधीश ओमप्रसाद अयार्लको इजलासले योजनाकार थापा र दीपककुमार कर्णलाई जन्मकैदको फैसला सुनाएको हो । शुटर करण भन्ने शिव चौधरी र संजय स्माइली मगरलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको श्रेश्तेदार बाबुराम दाहालले जानकारी दिए ।
न्यायाधीश बम हत्याकाण्डका अर्का अभियुक्त प्रेमराम खड्कालाई भने ५ वर्ष कैद सजाय सुनाइएको छ । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बाबुसहित चार जनालार्इ २०७१ साल पुसमा पक्राउ गरेको थियो । संजय भने भागेर साउदी पुगेका थिए । बैदेशिक रोजगारीका क्रममा त्यहाँ पुगेका उनलार्इ प्रहरीले त्यही वर्ष चैतमा पक्राउ गरेको थियो ।
http://www.onlinekhabar.com/2016/06/445946/
पूर्वराजा ज्ञानेन्द्रकी छोरीको फैसला लेख्न एक वर्ष

पूर्वराजा ज्ञानेन्द्रकी छोरीको फैसला लेख्न एक वर्ष


 काठमाडौं, असार १३ 


पूर्वराजा वीरेन्द्रको सम्पत्ति दाइजो दिन नमिल्ने भन्दै पुनरावलोकनको तयारी
पूर्वराजा वीरेन्द्रको नामको जग्गा उनका भाइ ज्ञानेन्द्रकी छोरीले दाइजो पाएकाले उनैको नाममा हुने भन्दै गरिएको फैसला लेख्न न्यायाधीशहरुले एक वर्ष लगाएका छन्।
१५ दिनमा फैसला तयार पार्नुपर्ने नियम भए पनि पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र बहालवाला न्यायाधीश चोलेन्द्र शमशेर राणाले झन्डै वर्षदिन लगाएका हुन्।
उनीहरुको इजलासले पूर्वराजा वीरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र त्यसमा बनाइएको घर नेपाल ट्रष्टमा गभ्न सरकारले गरेको निर्णय बदर गरी पूर्व राजकुमारी प्रेरणाको नाममा गरिदिएको थियो।
उक्त फैसला अन्तरिम संविधानविपरीत भएको, हेर्न नमिल्ने (स्वार्थ गाँसिएका) न्यायाधीश राणाले हेरेको र नियतवश नै छिटो फैसला गरिएको भन्ने आरोप लाग्दै विवादास्पद् बनेको थियो।
आफ्नो अवकासको पूर्वसन्ध्यामा २०७२ असार ६ गते साहले फैसला गरेका थिए। फैसलाको पूर्णपाठ भने झन्डै वर्ष दिनपछि जेठमा मात्रै तयार भएर आएको सर्वोच्च अदालतले जनाएको छ।
जबकि फैसला सुनाएको मितिले अन्य मुद्दा सात दिनभित्र र सार्वजनिक सरोकारको नयाँ सिद्धान्त प्रतिपादन गर्नुपर्ने मुद्दा भए १५ दिनभित्र पूर्णपाठ तयार गरेर बुझाउनुपर्ने नियम छ। सर्वोच्च अदालत नियमावलीको नियम ६८ (क) मा उक्त कुरा उल्लेख छ।
सरकारले पूर्वराजा वीरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र घर नेपाल ट्रष्टमा गाभ्न २०६४ सालमा पुस १ गते निर्णय गरेको थियो।
 त्यसविरुद्ध पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी साह सर्वोच्च पुगेकी थिइन्। त्यो जग्गा आफूले दाइजोमा पाएको र सरकारले आफूलाई थाहै नदिई गरेको निर्णय बदर गरिपाउँ भन्दै २०७१ माघ २५ मा उनले रिट दिएकी थिइन्।
सरकारले राजतन्त्र हटेपछि दरबार र राजा वीरेन्द्रसहित उनका परिवारको सम्पत्तिलाई नेपाल ट्रष्टको नाममा गर्ने निर्णय गरेको थियो।
अन्तरिम संविधानको धारा १५९ को उपधारा १ मा पनि यही लेखिएको थियो। उपधारा २ मा राजाको हैसियतले ज्ञानेन्द्रका नाममा भएको सम्पत्ति राष्ट्रियकरण हुने उल्लेख थियो। संविधानअनुसार २०६४ सालमा नेपाल ट्रष्ट ऐन बनेको थियो।
सरकारले निर्णय गर्नुभन्दा अघि नै छाउनीको उक्त जग्गा आफूले दाइजो पाएकाले ट्रष्टमा गाभ्ने अधिकार सरकारलाई नभएको प्रेरणाको जिकिर थियो।
न्यायाधीशद्वय साह र राणाको फैसलाले उनको जिकिरलाई सही मान्दै २०७२ असारमा फैसला गरेको हो।
पूर्णपाठमा प्रेरणाको पक्षमा फैसला गर्नुका तीनवटा कारण दिइएको छ:
पहिलो, छाउनीको कित्ता नम्बर २५ को १५ रोपनी १ आना जग्गा र घर २०६२ सालमा महाराजधिराजका नाममा रैकर दर्ता भएको। दर्ता हुँदा महाराजधिराजका रुपमा ज्ञानेन्द्र रहेकाले उनैले त्यो जग्गा छोरीलाई दाइजो दिएको देखिन्छ। यो जग्गा वीरेन्द्र र उनका परिवारको नाममा भएको कसैले देखाउन नसकेको उक्त फैसलामा भनिएको छ।
दोस्रो, दाइजो बकस पाइसकेपछि बनेको कानुन देखाएर ट्रष्टले उक्त सम्पत्ति आफ्नो स्वामित्वमा ल्याउन पाउँदैन। 'राजा वीरेन्द्र, रानी ऐश्वर्यसमेतको नाममा रहेको सम्पत्ति मात्र नेपाल ट्रष्टमा ल्याउन बनेको कानुनका आधारमा तत्कालीन श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट आफ्नी छोरीलाई दाइजो दिइसकेको सम्पत्ति पछि बनेको कानुन देखाएर ट्रष्टको स्वामित्वमा ल्याउन र निवेदिकाको हकको सम्पत्ति हरण गर्न मिल्दैन,' फैसलामा उल्लेख छ।
तेस्रो, नेपाल ट्रष्टको स्वामित्वमा ल्याउने निर्णय गर्नुपूर्व उक्त सम्पत्तिको हकभोगवाला प्रेरणालाई जानकारी नदिएको र आफ्ना कुरा राख्ने मौकै नदिएको। 'सम्पत्ति वा अन्य कुनै हकमा आघात पुग्ने कुनै निर्णय वा काम कारबाही गर्नुगर्दा हकवालालाई सुनुवाइको मौका दिइनुपर्छ,' फैसलामा लेखिएको छ, 'कित्ता नम्बर २५ को जग्गा समेत ट्रष्टको नाममा ल्याउनुपूर्व सो सम्पत्तिको हकभोगवाला यी निवेदिकालाई बुझ्दै नबुझी गरेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णय समेत प्राकृतिक न्यायको सिद्धान्तविपरीत देखिन्छ।'
सरकारी वकिलका अनुसार, वीरेन्द्रकी फूपु अधिराजकुमारी विजया राज्यलक्ष्मी देवी शाह मोही र भीमसेन तथा वर्ष बन्धन गुठी जग्गाधनी थिए। कित्ता नम्बर ३७, ३८, ४० र ४१ का ती जग्गा राजा वीरेन्द्रले नापी गराएर 'श्री ५ महाराजधिराज' नारायणहिटी राजदरबारको नाममा नामसारी भएको थियो। ती कित्ता भिडाएर नयाँ नापी हुँदा कित्ता नम्बर २५ बनाइएको छ। २०६२ सालमा रैकरमा दर्ता हुँदा श्री ५ महाराजधिराज ज्ञानेन्द्र थिए।
सरकारी जिकिर के भने, त्यो जग्गा ज्ञानेन्द्रको नाममा नभई महाराजधिराजको नाममा थियो। अन्तरिम संविधानले पनि राजाको हैसियतले ज्ञानेन्द्रको नाममा भएको जग्गा राष्ट्रियकरण हुने लेखिएको छ। ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएको भनिएको जग्गा उनको नाममा अहिलेसम्म पनि छैन।
त्यसैले उक्त जग्गा व्यक्तिगत सम्पत्ति नभई राष्ट्रिय सम्पत्ति हो भन्ने सरकारी दाबी हो।
नेपाल ट्रष्टको कार्यालयले यही जिकिरसहित यो फैसलाविरुद्ध पुनरावलोकन दिने तयारी गरिरहेको छ।
http://setopati.com/raajneeti/48884/
डा. गोविन्द केसीको चाँडो उपचार गर्न सरकारलाई अख्तियारको ‘निर्देशन’

डा. गोविन्द केसीको चाँडो उपचार गर्न सरकारलाई अख्तियारको ‘निर्देशन’

भ्रष्टहरुको माखेसाङ्लोमा जेलिएको भन्दै केसीमाथि छानविन गरिने

१२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. गोविन्द केसी मानसिक रुपमा अस्वस्थ रहेको भन्दै चाँडोभन्दा चाँडो उपचारको व्यवस्था मिलाउन सरकारलाई ‘निर्देशन’ दिएको छ ।
CIAA-Nepalडा. केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाइनुपर्ने माग राखेको केही घण्टापछि आइतबार साँझ अख्तियारले जारी गरेको तीन पृष्ठ लामो प्रेस विज्ञप्तिमा डा. केसीको मानसिक स्वास्थ्य ठीक नभएको, उनी भ्रष्टहरुको माखे साङलोमा जेलिएको र उनका गतिविधिलाई अख्तियारले आफ्नो स्मृतिमा राखेको जस्ता कुराहरु उल्लेख छन् ।
संवैधानिक निकायबाट व्यक्तिका विरुद्ध जारी गरिएको लामो प्रेस विज्ञप्तिमा भनिएको छ- ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा। के।सी।को उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको ‘दादागिरी अचाक्ली भएको’ भन्दै डा. केसीले दिएको अभिव्यक्तिपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ- आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ ।
डा. केसीले लोकमानमाथि लगाएको आरोप प्रमाणित गर्न अख्तियारले चुनौती समेत दिएको छ । आरोप प्रमाणित गरे अख्तियार प्रमुखले सन्यास लिने प्रवक्ता कृष्णहरी पुस्करद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Press-Relese-of-CIAA-1Press-Relese-of-CIAA-2Press-Relese-of-CIAA-3 
http://www.onlinekhabar.com/2016/06/445470/

डा. गोविन्द केसीले भने- लोकमानको ब्ल्याकमेलिङ अचाक्ली भो !

 (भिडियोसहित)

अख्तियार प्रमुखलाई महाअभियोग लगाएर पदच्युत गर्न माग

https://www.youtube.com/watch?v=ZKCse_2R5SQ&feature=youtu.be

१२ असार, काठमाडौं । टिचिङ हस्पिटलका डाक्टर गोविन्द केसी चारसुत्रीय मागहरु अघि सार्दै आठौंपटक अनसनको तयारीमा छन् । असार २६ बाट सुरु हुने भनिएको यसपटक उनको अनसन अलिकति फरक मुद्दामा केन्द्रित हुने देखिएको छ ।
डा. केसीले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई पदच्युत गर्नुपर्ने माग राखेका छन् ।
आइतबार शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले अधिकांश समय लोकमानकै आलोचनामा खर्चे । यद्यपि उनका पुराना मागहरु पनि यथावत छँदैछन् । पत्रकार सम्मेलनमा डा. केसीले राखेका भनाइको सम्पादित अंश:
स्वास्थ्य क्षेत्रका बेथितिहरुलाई लिएर मैले आजसम्म सातचोटि सत्याग्रह गरेँ । विभिन्न सरकारसँग सम्झौता पनि भए । तर, ती सम्झौताहरु पूर्ण कार्यान्वयन भएनन् । कतिपय सम्झौता ठाडै उल्लंघन भए । कार्यान्वयन भएका पनि आफ्नै अनुकुलता अनुसार गरिए ।
हाम्रो लडाइँ बेथितिविरुद्ध हो । भ्रष्टाचार र दण्डहीनताविरुद्ध हो । राजनीतिमा मौलाएको बेथितिले शिक्षा र स्वास्थ्य क्षेत्र सबैभन्दा बेसी प्रभावित भएका छन् । यसबाट सर्वसाधारण जनता पीडित बनेका छन् ।
हामी स्वास्थ्य क्षेत्र स्वस्थ भएको हेर्न चाहन्छौं । चाहे हुम्लाका हुन् या धनगढीका,  ताप्लेजुङका हुन् या काठमाडौंका, सबै नेपालीले  गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच राख्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।
govinda kc (2)दोस्रो कुरा भनेको क्षमतावान विद्यार्थीहरुले गुणस्तरीय स्वास्थ्य शिक्षा पाउनुपर्छ । शहरमा होस् वा गाउँमा, गरिब होस् वा धनी, सबैको पहुँच उत्तिकै हुनुपर्छ स्वास्थ्य शिक्षामा । संविधानले नै यो अधिकारको सुनिश्चतता गरेको छ । यही अधिकारको व्यवहारिक कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो आशय हो । तर, भइरहेको छैन । यो सबैको जड राजनीति नै हो ।
देश समृद्ध हुन प्रत्येक नागरिक स्वस्थ र शिक्षित हुनुपर्छ । तर, यही क्षेत्रमा पार्टीकरण भइरहेको छ । पार्टी कार्यकर्ता भर्ती भइरहेका छन् । स्वस्थ रहेर जिउने नागरिकको नैसर्गिक अधिकार हनन भएको छ । राजनीतिक दलहरुले जनताको हितका लागि नीति निर्माण गर्नुपर्नेमा त्यसको विपरीत आफ्नो स्वार्थ पूरा गर्न अधिकार दुरुपयोग गरिरहेका छन् ।
नेपालको जनसंख्या ८० प्रतिशत गाउँमा बस्छ र २० प्रतिशत शहरमा । तर, हाम्रा मेडिकल कलेजहरु शहरकेन्द्रित छन् । त्यसैले सम्पूर्ण जनसंख्याको ३ चौथाइ नेपालीले आधारभूत स्वास्थ्य सेवा पाएका छैनन् । ग्रामीण भेगमा पनि स्वास्थ्य संस्था खुले पो उनीहरुले पनि स्वास्थ्य सेवा पाउथेँ ।
शहरमा भएका मेडिकल कलेज पनि सेवामूलक हुनुपर्नेमा मुनाफामूलक छन् । राजनीतिक दल नेता र संवैधानिक निकायका प्रमुखहरुले उनीहरुलाई मुनाफा कमाउने वातावरण बनाइदिएका छन् ।
अधिकांश देशहरुमा मेडिकल एजुकेसन फ्री छ । गरिब-धनी सबैले यो शिक्षा पाउँछन् । पैसाले बाधा हुँदैन । हाम्रोमा भने मेडिकल एजुकेसनलाई नाफामूलक बनाइएको छ । सबै लुट्नमा व्यस्त छन् । ९५ प्रतिशत नेपालीका लागि जम्मा २-३ सय सीट छन्, जो पैसा खर्च गरेर पढ्न सक्दैनन् । पैसा हुने ५ प्रतिशतका लागि असीमित सीट छ । सरकारी मेडिकल कलेज जम्मा तीन वटा छन् भने प्राइभेटमा १६-१७ वटा छन् । हुनुपर्ने सरकारीमा बेसी थियो ।
गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिभाशाली जनशक्ति आवश्यक हुन्छ । त्यसका निम्ति क्षमतावान विद्यार्थीले गुणस्तरीय स्वास्थ्य शिक्षा  हासिल गर्न पाउनुपर्छ । त्यस्ताखालका संस्था ग्रामीण भेगमा पुग्नुपर्छ । त्यसका लागि एउटा नीति बनोस् । नीतिअनुरुप देशमा कति मेडिकल कलेज आवश्यक छन्, कस्ता विद्यार्थीले पढ्न पाउँछन् भन्ने एकिन गरियोस । यो नीति विद्यार्थीमुखी र जनतामुखी हुनपर्छ । नेतामुखी, दलमुखी, व्यापारीमुखी हुनुभएन ।
अख्तियारको अनाधिकृत हस्तक्षेप
शिक्षा-स्वास्थ्य क्षेत्रमा अहिले ठूलोचिन्ताको विषय बनेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनाधिकृत हस्तक्षेप । अख्तियारको जिम्मेवारी त बेथिति हटाएर थिति बसाल्ने हो । भ्रष्टाचार निवारणै त नहोला, तर न्यूनीकरण गर्ने हो ।  तर, अख्तियारका प्रमुख आयुक्त नै भ्रष्टाचारमा लिप्त छन् । आफ्ना नातेदार र आफ्ना मान्छेहरुको स्वार्थ पूरा गर्न पदीय दुरुपयोग गरेर ठाउँ कुठाउँ हस्तक्षेप गर्दै हिँडेका छन् । भ्रष्टाचार रोक्ने जिम्मेवार पदमा बसेको व्यक्ति नै महाभ्रष्ट भएपछि के हुन्छ ? अहिले त्यही भइरहेको छ ।
govinda kc (3)
आफ्नो अधिकार क्षेत्रमा चैं केही गर्दैनन् उनी ।  करोडौं, अरबौं भ्रष्टाचार गर्नेसँग मिलेमतो गर्छन् । अनि, निर्दोषलाई ब्ल्याकमेलिङ गर्छन् । कतिलाई राजीनामा दिन बाध्य पार्छन् त कतिलाई मुद्दा लगाएर फसाउँछन् । के यो अधिकारको महादुरुपयोग होइन ?
यस्तो लाग्छ, अख्तियारले समानान्तर सत्ता चलाइरहेको छ । अख्तियार प्रमुखले जे गरे पनि कसैले छुन सक्दैन । अब अचाक्ली भो ।
अढाई-तीन वर्ष अगाडि पाचौं अनसन बस्दा पनि मैले अख्तियार प्रमुखलाई पदच्युत गर्नुपर्छ भनेर आवाज उठाएको थिएँ । तर, अहिलेसम्म उनी जहाँको त्यहीँ छन् । उनको दादागिरी घट्नुको साटो झन्-झन् असैह्य रुपले बढिरहेको छ ।
अहिले काठमाडौं युनिभर्सिटीमा हेर्नुस । त्यो एउटा स्वायत्त संस्था हो नि । उसको आफ्नो अधिकारक्षेत्र छ, विधि-विधान छ । तर, अख्तियारले हस्तक्षेप गरेर प्रवेश परीक्षा रद्द गरिदियो ।
लोकमानका भाइ-भतिजाको बिराटनगरमा मेडिकल कलेज छ । त्यसलाई सम्वन्धन दिने योग्यता पुगेको थिएन । तर, अख्तियारका प्रमुखले काठमाडौं युनिभर्सिटीमा २-३ चोटि गएर ब्ल्याकमेलिङ गरे । अन्ततः नियम नै चेञ्ज गर्न लगाएर ‘विस्तारित कार्यक्रम’ भनेर स्वीकृति दिन लगाए । त्यो कसरी विस्तारित कार्यक्रम हुन्छ ? आफ्नो स्वामित्वमा भएको संरचनामा सञ्चालन गर्ने भए पो विस्तारित कार्यक्रम । अरुको स्वामित्वमा सञ्चालन गर्ने भएपछि केको विस्तारित कार्यक्रम ?
यहाँ अर्को मेडिकल कलेज छ, नाम खोल्दिँन । तर, उनको आफ्नै भन्दा पनि हुन्छ । त्यसको पूर्वाधार केही पनि छैन । तर, उनले यहाँका पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर सीट बढाउन लगाउने, नयाँ कार्यक्रम शुरु गर्न लगाउने गरिरहेका छन् । नेपाल मेडिकल काउन्सिल चलाउने भनेको लोकमानसिंहले हो ? उनले त्यहाँका डाक्टरहरुलाई ब्ल्याकमेलिङ गर्छन् । मुद्दा लगाउने धम्की दिन्छन् र आफ्नो स्वार्थ पूरा गर्छन् । अरुलाई फसाउन अख्तियारलाई साह्रै सजिलो पनि छ । कसैलाई बेनामे उजुरी दिन लगाए भइगयो ।
निजी मेडिकल कलेजहरुले ठीकसँग काम गरेका छन् कि छैनन् भनेर इन्स्िटच्युट अफ मेडिसिनबाट अनुगमनमा जानुपर्ने हुन्छ । अनुगमनमा राम्रा मान्छे गए भने लोकमानले मुद्दा हालिदिन्छन् । त्यसो भएपछि राम्रा मान्छे त नजाने भए । अनुगमन गर्न डराउने भए । जसले उनले भनेको मान्छन्, उनीहरुलाई पठाइन्छ । यस्तो दादागिरी मैले इदी अमिनको सुन्थेँ । यिनी त इदी अमिनभन्दा पनि माथि रहेछन् ।
यिनले कुनै पनि क्षेत्रमा भाँजो हाल्न बाँकी राखेका छैनन् । अब उनलाई रोक्नुपर्छ । त्यसैका लागि मैले लोकमानलाई महाअभियोग लगाएर पदच्युत गर्ने माग राखेको हुँ । उनलाई हटाएर जिम्मेवार तथा स्वच्छ छवि भएको व्यक्ति त्यहाँ ल्याउनुपर्छ ।
वरिष्ठताका आधारमा नियुक्ति
पहिलेदेखि नेपालमा राजनीतिक भागबण्डाबाट नियुक्ति गर्ने प्रचलन हावी छ । फलानो पार्टीलाई डीन, फलानोलाई क्याम्पस चीफ, फलानोलाई  डाइरेक्टर भनेर आउँथ्यो । त्यही भएर मैले वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्छ भन्दै आएको छु ।
जो राजनीतिक भागबण्डाबाट आउँछन्, बफादार राजनीतिक दलप्रति हुन्छन् । उनीहरुले गरेको धाँधली र भ्रष्टाचारमा कारवाही हुँदैन । मैले पहिलेदेखि नै यो आवाज उठाएको छु । वरिष्ठताका आधारमा हुनुपर्छ भनेको ३-४ वर्ष भयो । अहिले अलिकति सुधार भएको छ ।
प्रतिवद्धताले पुग्दैन
मैले आफ्ना चारबुँदे माग प्रस्तुत गरेको छु । विगतमा मैले थुप्रैपटक सम्झौता गरेर धोका पाएँ । यसपालि मैले माग पूरा गर्न दुई साताको म्याद दिएको छु । लोकमानलाई महाअभियोग लगाउने लगायत सबै माग पूरा गर्न यो पर्याप्त समय हो जस्तो लाग्छ । म यसपालि कुनै सम्झौता गर्ने पक्षमा छैन । कुनै उधारो प्रतिवद्धतामा विश्वास गर्दिँन । माग पूरा गराएरै छोड्छु ।
Demands of Dr. Govinda KC 1Demands of Dr. Govinda KC 2
http://www.onlinekhabar.com/2016/06/445470/
हाम्रो प्रशासन ‘बोका प्रशासन’ हो

हाम्रो प्रशासन ‘बोका प्रशासन’ हो

लोकसेवाको कापी जाँच्ने भीमदेव भन्छन्- यो ‘बोका प्रशासन’ हो
'नराम्रालाई छानेर निजामतिमा छिराउँदा प्रशासन कमजोर बन्दैछ'

Bhimdev-Bhatta१२ असार, काठमाडौं । प्रशासनविद भीमदेव भट्ट त्रिभुवन विश्वविद्यालयका पूर्वप्रध्यापक हुन् उनी लोकसेवा आयोगका पूर्वआयुक्त पनि हुन् । लोकसेवाबाट अवकाश पाएपछि पनि उनी लगातार त्यहाँको परीक्षामा अन्तर्वार्ता लिने र परीक्षाको कपी जाँच्ने जस्ता काममा निरन्तर संलग्न छन् ।
नेपालको निजामति प्रशासनको मसिनो अध्ययन गरेका भट्टसँग अनलाइनबखरले अहिलेको प्रशासनको अवस्थाबारे जिज्ञासा राख्दा जवाफमा उनले भने- हाम्रो प्रशासन ‘बोका प्रशासन’ हो, यसले सेवाग्राहीको हित हेर्दैन ।
राणा शासन र राजसंस्था कालमा हुकुमका भरमा प्रशासक तोकिन्थ्यो । शासकसँग पहुँच हुनु नै प्रशासकको योग्यता र क्षमता मानिन्थ्यो । त्यसबाहेक कुनै थप योग्यताको जरुरत थिएन । भट्टका अनुसार त्यस्तो प्रवृत्तिलाई ‘बोका प्रशासक’ भनेर चिनिन्थ्यो । यसको अर्थ एउटालाई प्रशासकको रुपमा अभ्याइन्थ्यो, तर प्रशासन आफैँ चल्थ्यो । यस्तो प्रशासन सेवाग्राहीको हितमा नहुने भट्टको विश्लेषण छ ।
प्रशासनविद् भट्ट अहिले पनि निजामति प्रशासनमा सुधार नभएको भन्दै यसलाई ‘बोका प्रशासन’कै रुपमा ब्याख्या गर्छन् । उनी भन्छन्- ‘प्रशासन सबैले चलाउन सक्छ र एउटालाई प्रशासकका रुपमा ठड्याइदिएपछि चल्छ भन्ने मान्यता छ । यो राणाका पालामा चलेको शब्द हो ।
प्रशासनलाई ‘बोका प्रशासन’ भन्नुका पछाडि उनका केही थप तर्कहरु छन् । कार्यालय प्रमुखको नियुक्ति क्षमताका आधारमा नभएर राजनीतिक पहुँचका भरमा हुन्छ । जति कर्मचारी छन्, एउटा न एउटा दलको कार्यकर्ताको रुपमा स्थापित छन् । त्यो गर्न हुन्छ ? उनी भन्छन्- ‘यस्तो कर्मचारीबाट निश्पक्ष सेवा लिन सकिँदैन । ४० वटा आलुको थुप्रोबाट २५ बटा बिग्रेको आलु निकाल्नुजस्तै भएको छ प्रशासन सुधारका कुरा ।’
भट्टले चुनौतीको भाषामा भने- ‘जिल्लामा काम गरेको र कुनै पार्टीसँग सम्बन्धित नभएको कुन एउटा कर्मचारी सचिव बन्न सक्यो ? मलाई उदाहरण हेर्न मन छ ।’
दलनिकट कर्मचारीहरुले सेवाग्राहीभन्दा दलको हितमा उसैको इशारामा काम गर्ने गरेको बताउँदै भट्ट भन्छन्, ‘सच्चा प्रशासकले सेवाग्राहीको हित हेर्छ, हाम्राले दलको हित हेर्छन, त्यही भएर यी सबै बोका प्रशासक भए ।’
आफ्नो पक्षधर मान्छे आयो भने राम्रो सेवा दिने, अर्को पक्षलाई रेस्पोन्स नदिने प्रवृत्ति जिल्ला कार्यालयमा मौलाएको भट्टको दाबी छ । यसका लागि उनको तर्क छ, ‘नत्र फलानो मान्छेलाई सिडियो बनाऊ, फलानोलाई हटाउ भनेर किन दबाव दिने ?’
अहिलेको अवस्थालाई सुधार नगर्ने हो भने  निजामति प्रशासनको आयु धेरै टाढा नरहेको भट्टको दाबी छ । लोकतन्त्र हुँदै मुलुक गणतन्त्रको संघीय मोडलमा जाँदै गर्दा निजामति प्रशासन भने थप कमजोर बन्दै गएको उनको बुझाइ छ ।
नयाँ पुस्ताबाट झनै निराश 
प्रशासनविद् भट्ट हरेक बर्ष लोकसेवा आयोगले लिने परिक्षाको कपी जाँच्छन् । तर, उनले भविश्यमा प्रशासन सुधारको संकेत भेटेका छैनन् । उनी नयाँ पुस्ताका कर्मचारीसँग पनि सन्तुष्ट देखिँदैनन् ।
उनी भन्छन्, ‘२० वर्षअघि लोकसेवामा आउने उम्मेदवार र अहिलेको उम्मेदवारको स्तर दाँज्दा अहिलेका उम्मेदवारको स्तर धेरै तल गिरेको छ । उनीहरुमा जुन प्रतिभा देखिनुपर्ने हो, त्यो पाइँदैन ।’
भट्टका अनुसार विगतमा अधिकृतका लागि ७० देखि ८० अंक ल्याएर प्रतिस्पर्धा हुने गरेकोमा त्यो अंक घटेर ४० देखि ४२ अंक पुगेको छ ।
उनी भन्छन्, ‘हिजो राम्रा मध्येबाट सबैभन्दा राम्रालाई प्रशासनमा ल्याउँदा त प्रशासनको हालत यस्तो छ, अहिले नराम्रा मध्येका राम्रालाई निजामतिमा छिराइरहेका छौँ । त्यसकारण हाम्रो प्रशासन थप कमजोर बन्दैछ ।
लोकसेवा आयोगमा पछिल्लो समय प्रतिस्पर्धा गर्न पुगेका विद्यार्थीको क्षमताको व्याख्या गर्दै भट्ट भन्छन्, उनीहरुको अध्ययन नै पुगेको छैन । ब्याचलर, मास्टर त गरे, तर प्रतिभाशाली छैनन्, यो कुरा लेख्ने भाषामा झल्किन्छ । उनी थप्छन्, ‘राष्ट्र राजनीतिले बन्दैन, बुद्धिले बन्छ । जबसम्म बुद्धीलाई मान्यता दिदैनौँ, तबसम्म देश उँभो लाग्न सक्दैन ।’
सुब्बा सा’बको दाउ पैसा कमाउने
सुब्बा तहका कर्मचारीमाथि प्रश्न उठाउँदै भट्ट भन्छन्,  राम्रो स्कुलमा पढ्न नपाउँदाको बाध्यता होला, अवसरहरु पाएनन् होला, तर सेवाग्राहीलाई सेवा नदिएर कहाँ पैसा कमाइन्छ भन्दै चाहार्दै हिँड्नु त उनीहरुको आफ्नै समस्या हो नि ।
भट्टका अनुसार ८० देखि ८५ प्रतिशत नयाँ अधिकृतहरु सुब्बाबाट प्रमोशन भएर पुग्ने गरेका छन् । राम्रोसँग पढेका प्रतिभाहरु विदेशमा गइरहेका छन्, निजामतिमा आइरहेका छैनन् ।
http://www.onlinekhabar.com/2016/06/445167/
'दलीय कोटाले न्यायमा आघात'

'दलीय कोटाले न्यायमा आघात'


आइतवार, आषाढ १२, २०७३  
काठमाडौं: न्यायाधीश नियुक्तिका लागि संसदीय समितिसमक्ष सुनुवाइ प्रक्रिया सुरु हुनै लाग्दा सर्वोच्च अदालतका एक पूर्वप्रधानन्यायाधीशले दलीय कोटामा न्यायाधीश नियुक्त हुने परम्पराले न्यायपालिकाको निष्पक्षता र विश्वसनीयतामा आघात पुग्ने चेतावनी दिएका छन्।
पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आायोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्यायले दलीय कोटामा नियुक्ति हुँदा न्यायाधीशको स्वाभिमानसमेत क्षयीकरण हुने बताए। उनले नेपाल बार एसोसिएसनमा पनि दलीय आधारमा निर्वाचन हुने भएकाले स्वतन्त्रतामा प्रश्न उठेको बताए।
उपाध्यायले शनिबार भक्तपुरस्थित काठमाडौं स्कुल अफ लमा नेपलिज ल स्टुडेन्ट एसोसिएसन (नेल्सा) को राष्ट्रिय भेला उद्घाटन गर्दै भने, 'मुख्य दलको कोटामा अदालतमा न्यायाधीश नियुक्ति हुन्छ। यसले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा हानि पुर्‍याएको छ।'
उनले यस्तो कार्यले न्यायपालिकाको मूल्यमान्यतामा निरन्तर स्खलन ल्याएकोसमेत बताए। कोटाप्रथामा सिफारिस हुँदा न्यायाधीशको स्वाभिमानमा पनि आँच आउने उनको भनाइ थियो। उक्त क्रियाकलापका कारण भविष्यमा कानुनका विद्यार्थीलाई अप्ठ्यारो पार्ने उपाध्यायले बताए।
'यसले कानुनका नयाँ विद्यार्थीलाई पेसामा कठिनाइ ल्याउनेछ। कि अहिलेको ट्रेनसँग घुलमिल हुनुपर्यो कि त पेसागत मूल्यमान्यतामा अडिग भएर रहनुपर्यो', उनले भने, 'यो रोज्ने कुरा चुनौतीपूर्ण छ।'

उनले बारमा दलीय आधारमा चुनाव लड्दा व्यावसायिक मर्यादामा ह्रास आएको बताए। न्यायिक निष्पक्षता खलबल्याउने यस्ता गतिविधिका कारण न्यायपालिकाको पूर्वसदस्य रहेका नाताले दुःख लागेको गुनासो उनले गरे।
पूर्वमहान्यायाधिवक्ता एवं काठमाडौं स्कुल अफ लका कार्यकारीनिर्देशक डा. युवराज संग्रौलाले इमानदारीपूर्वक काम गर्ने व्यक्तिको कदर नहुने तर तिनै व्यक्तिका कारण मुलुकको प्रतिष्ठा बच्ने गरेको बताए।
संग्रौलाले यतिबेला मुलुकलाई राष्ट्रियताका पक्षमा वकालत गर्ने योग्य जनशक्तिको आवश्यकता रहेको बताए। न्याय र कानुनका क्षेत्रमा संस्थागत विकास हुन नसकेको बताउँदै उनले भने, 'एउटा डाक्टरले गल्ती गरे एकजना मर्छ तर एकजना वकिलको गल्तीले मुलुकलाई नै नोक्सान पुग्छ।'
एक प्रसंगमा संग्रौलाले कलेजहरूबाट राजनीति गराउनका लागि विद्यार्थी खोज्ने संस्कृतिको अन्त्य नभएमा भोलि मुलुकका लागि नै हानिकारक हुने बताए। बार उपाध्यक्ष मोतीराज गौतमले मुलुकले अनुशासित विद्यार्थी खोजेको बताए।
http://www.annapurnapost.com/news/51035

नयाँ संविधान र वैधानिकताको प्रश्न

नयाँ संविधान र वैधानिकताको प्रश्न

डा. सूर्य ढुंगेल बिहिवार, आषाढ ९, २०७३

यसले पूर्णता पाउन लामै समय लाग्ने निश्चित देखिन्छ

नेपालमा दलीय नेताहरूलाई राजनीतिक गर्न सजिलो छ। जनता सोझा, आर्थिक एवं शैक्षिक रूपले विपन्न भएको कारणबाट समेत जनताको चाप नेताले बेहोर्नु पर्दैन। नेताहरूले जे गरे पनि, जे भने पनि, राजनीतिको जति दुरुपयोग गरे पनि नेपाली जनताले प्रतिकार गर्दैनन्, गरेका छैनन्।
निर्वाचनमा आखिर लाम लागेर तिनै नेतालाई आफ्नो मत खसालेर विजयी बनाउँछन्। विजयको माला लगाउँदै जुलुसमा सहभागी हुन्छन्। जनताबाट आजसम्म कुनै नेता वा शासकले तिरस्कृत हुनुपरेको छैन। २००७ सालमा राणाशासन अन्त्य भयो, तर हामीले उनै राणा शासक मोहन शमशेरलाई प्रधानमन्त्री स्विकार्यौँ।
०४६/०४७ सालमा पञ्चायती शासन व्यवस्था फाल्यौँ तर उनै पञ्चायती शासक सूर्यबहादुर थापा तथा लोकेन्द्रबहादुर चन्दलाई परिवर्तित व्यवस्था पाँच वर्षभित्रै प्रधानमन्त्री बनायौँ। यो क्रम जारी रह्यो। दसबर्से माओवादी युद्धलाई कानुनी रूपमै आतंकवाद भनियो, तर पछि कमरेड प्रचण्ड र डा. बाबुराम भट्टराईलाई पालोपालो गरी प्रधानमन्त्रीका रूपमा सिंहासनमा राखियो। देशमा नयाँ माओवादीको जन्म भयो र नयाँ दल सत्तामा आयो।
१६ हजार नेपालीको आहुति र बलिदानको फल उहाँहरूलाई प्रदान गर्यौँ। राजतन्त्र फालियो तर राजतन्त्रकै अंश तथा राजतन्त्र फेरि ल्याउँछौँ भन्ने कमल थापालाई उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका रूपमा आजसम्म सम्मानित गर्दैछौँ। २००७ सालको परिवर्तनदेखि लिएर २०१३ सालसम्मका राजनीतिक एवं संवैधनिक परिवर्तनका यी कटु यथार्थ हुन्। संघीय गणतन्त्र ल्याएका छौँ, यसको फल कसकसले पाउने हुन जनताले हेर्न बाँकी नै छ।
आजको राजनीतिक एवं संवैधानिक यथार्थ झन् कटु छ। अन्तरिम संविधानमै स्विकारिएको विविधत् बाटो छोडेर मित्रराष्ट्रहरूसमेतको सहयोगमा सभालाई भंग गरी तोकिएको समयमा नयाँ संविधान बनाउने प्रतिबद्धताबाट सबै दल पछि हटे फेरि अप्राकृतिक ढंगबाट संशोधन गरी दोस्रो संविधानसभाको निर्वाचन गरी बहुमतको आडमा अल्पमतलाई उपेक्षा गर्ने गणितीय अप्राकृतिक प्रक्रियाबाट गणतान्त्रिक संघीय संविधानको जन्म पनि भएको छ।
संविधानका विशेषता र कमीकमजोरीलाई विश्लेषण नै नगरी 'विश्वको सर्व श्रेष्ठ एवं उत्कृष्ट' संविधान भन्ने हास्यास्पद राजनीतिक दावा पनि राजनीतिक नेताहरूकै मुखबाट सुन्न बाध्य हुनुपर्ने हामी सोझासीधा आम नेपालीले लोकतान्त्रिक संविधानको सही अर्थ कहिले बुझ्ने हौँ? संविधानकै विद्यार्थी भएर पनि बुझ्न सकिएको छैन। तर एउटा कुरा निश्चित छ, समयअगावै सिजरिङ (शल्यक्रिया) गरेर जन्माएको र जन्म दिने बाबुआमाबाटै उपेक्षित बालकजस्तै दोस्रो संविधानसभाबाट हतारोमा सिजरिङ गरी (फास्ट ट्र्याक प्रक्रियाबाट) नयाँ नेपालको संविधान जन्मिएको हो।
यसको अन्तरवस्तु एवं सैद्धान्तिक विश्लेषण र विवेचना हुन बाँकी नै छ। विशुद्ध कानुनी एवं प्राविधिक रूपमा वैधानिक देखिए पनि विश्वव्यापी लोकतान्त्रिक मान्यताअनुरूप 'प्रक्रियात्मक एवं जनस्तरीय वैधानिकता' को प्रश्न अझै पूर्ण रूपले समाधान हुन सकेको देखिँदैन। यो प्रश्न, अर्थात् वैधानिकताको प्रश्नबाट हाम्रो नयाँ संविधानले पूर्णता पाउन केही लामै समय लाग्ने देखिन्छ।
राजनीतिज्ञहरूले पूर्वाग्रही धारणा भनी ओठे आरोप लगाए पनि यो एक कटु संवैधानिक यथार्थ हो। राष्ट्रप्रति चिन्तित आम नेपाली यस विषयमा गम्भीर हुन जरुरी छ।नेपालकै हाम्रा एक प्रबुद्ध पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की संविधानसभालाई 'संविधान स्वाहा' गर्ने थलो भन्नुहुन्थ्यो। यसले पहिलेको संविधानलाई स्वाहा त पार्यो तर नयाँलाई पूर्ण वैधानिकता दिन दलहरूकै कारणबाट अझै सकेन।
उहाँको यो 'स्वाहा' भन्ने शब्द वैधानिकता र राजनीतिक पाटो र अन्तर्राष्ट्रिय मान्यतासँग जोडिएको छ। लोकतान्त्रिक संविधान र संवैधानिक सिद्धान्त विश्वव्यापी मान्यतासँग गाँसिएको हुन्छ। यसमा टीकाटिप्पणी हुन्छन्, लोकतन्त्रमा यसलाई हस्तक्षेप भन्न मिल्दैन। हामी नेपालीले नै कयौँ राष्ट्रको विशेषगरी छिमेकी मुलुकको संविधानबारे कटु आलोचना गरेका पर्याप्त उदाहरण छन्। अरू प्रजातान्त्रिक मुलुकले हामीलाई हस्तक्षेप गर्यो भनेका छैनन्।


प्रजातान्त्रिक भनिने संविधान संकीर्ण हुँदैन। मधेसी तथा जनजातिलगायतका साना दलहरूसमेतले नयाँ संविधानको केही विषयवस्तु तथा मूल रूपमा संविधानसभाबाट अनुमोदन गर्ने प्रक्रियाप्रति जनाएको असहमतिमाथि वैधानिकताको कसीमा संवैधानिक विश्लेषण र विवेचना अहिलेसम्म भएको छैन। अध्ययन र विश्लेषण सही वा गलत ठहर्न सक्छ, तर अध्ययन नगरी कुनै निष्कर्ष निस्कँदैन।
मधेसी र जनजातिको आन्दोलन र यसबाट उठेको हिंसात्मक दुर्घटना तथा नाकाबन्दी वैधानिकता तथा संवेदनशील कूटनीतिसँग जोडिएको प्रश्न हो। अधुरो, अपूरो तथा सबैलाई समेट्न नसकिएको भन्ने प्रश्न अन्तर्राष्ट्रिय जगत्बाट पनि उठेका छन्। देशभित्रकै असहमत पक्षलाई संविधानमा सुधार ल्याएर पनि समेट्न सकिएन भने भोलि संविधानको मान्यता अर्थात् वैधानिकताको विषयले नयाँ संविधानलाई जतिसुकै राम्रो भनेर अंलकारित गरे पनि, परिणाममा खोस्टो सावित हुन सक्छ। 

नयाँ संविधानलाई आवश्यक सुधार र परिमार्जनको माध्यमबाट सबै पक्ष सहभागी हुने सर्वमान्य राष्ट्रिय संवैधानिक दस्ताबेजको रूपमा विकास गर्नेतर्फ सबै दल केन्द्रित हुन सके 'वैधानिकता' को अड्चनबाट नयाँ संविधान मुक्त हुन सक्छ। जनताको सर्वस्वीकार्य एवं आम सहमति भएन भने गणितीय संख्याले मात्र नटिकेका कैयन् संविधान विश्वमा नआएका होइनन्। 
समाजशास्त्रका धुरन्धुर भनिने म्याक्स वेबरदेखि लिएर रेन्डी वार्नेट र रिचर्ड फेलन हुँदै द्वन्द्वपश्चात्का मुलुकमा बनेका आधुनिक संविधानको वैधानिकताबारे प्रचुर मात्रामा अध्ययन र विश्लेषण गर्ने विश्वमै परिचित संविधानका प्राध्यापक सेरिल साउन्डर्स (अस्ट्रेलिया), एस घाई (केन्या), जिल कोटरेल (ब्रिटेन), भिभियन हार्ट (अमेरिका), निकहेसम् (दक्षिण अफ्रिका), हमजिन्सवर्ग (अमेरिका), क्रिस्टिना मुरे (दक्षिण अफ्रिका), क्रिस्टी समुअल्स तथा जेनिफर वाइम्डर (अमेरिका) का अभिलेखहरूमा 'संवैधानिक वैधाकिता' बारेमा हाम्रो आफ्नो अवस्थासँग पनि मेल खाने विश्लेषण गरेको पाइन्छ।
अस्ट्रेलियाकी संविधानविद् प्राध्यापक सेरिल साउन्डर्सले त नेपालकै सन्दर्भमा पनि संविधान निर्माण र यसको वैधानिकताबारे एक्काईसौँ शताब्दीको संविधान विकासका सन्दर्भमा आफ्ना विचार राखेकी छन्। अल्पमतको सहभागिता र अन्तर्राष्ट्रिय मान्यतालाई उनी एक अनिवार्य सर्त मान्छिन्। तर केही हाम्रा आदरणीय नेताहरूलाई राजा महेन्द्रले झैँ 'माटो सुहाउँदो आफ्नो व्यवस्था' को सिद्धान्तलाई मान्यता दिने (डक्ट्रिन अफ अटोक्थोनी) मन पर्यो।
दोस्रो संविधानसभाबाट २०७४ साल माघसम्म समय हुँदाहुँदै 'फास्ट ट्र्याक' को अवधारणा विकसित गरेर अपरिपक्क ढंगबाट शल्यक्रिया गरी नयाँ संविधान जन्माइयो। पर्याप्त छलफलै नगरी चार दलबीचको सोह्रबुँदे समझदारीलाई नयाँ संविधानको संक्रमणकालीन भागमा घुसाएर हतारमा अल्पमतको कदर नगरी नयाँ संविधान गणितीय आधारमा अनुमोदन गर्नुपर्नाको कारण अझै खुल्न सकेको छैन।
किन त्यसो गर्नुपर्यो, त्यसको कुनै जवाफ जनतालाई दिनुपरेन। यसरी 'माटोसुहाउँदो संविधानसभा' भनी पञ्चायती शैलीका अटोक्थोनी' को अवधारणाअन्तर्गत संविधान जारी भयो, जसलाई अल्पमत पक्षीय दलहरूले अहिलेसम्म स्विकारेका छैनन्। तसर्थ वैधानिकताको सवाल मन नपरे पनि दरो रूपमा आजसम्म जीवित छ। भोलि यसले गलत बाटो लिने सम्भावनाबाट असहमत पक्षीय दलहरूलगायत सबै नेपाली सजग हुनु जरुरी छ।
अन्त्यमा विश्वव्यापी मान्यता प्राप्त गरेका 'वैधानिकता' सम्बन्धी अवधारणातर्फ ध्यान दिई नयाँ संविधानलाई आवश्यक सुधार र परिमार्जनको माध्यमबाट सबै पक्ष सहभागी हुने सर्वमान्य राष्ट्रिय संवैधानिक दस्ताबेजको रूपमा विकास गर्नेतर्फ सबै दल केन्द्रित हुन सके 'वैधानिकता' को अड्चनबाट नयाँ संविधान मुक्त हुन सक्छ। जनताको सर्वस्वीकार्य एवं आम सहमति भएन भने गणितीय संख्याले मात्र नटिकेका कयौँ संविधान विश्वमा नआएका होइनन्।
केन्या र इजिप्टका संविधान यसका ज्वलन्त वर्तमान उदाहरण हुन्। सबै जनताले स्विकार्ने र स्थायित्व र राष्ट्र निर्माणको संस्थागत प्रतिबद्धताको आधारमा एक अमेरिकी सैनिक अधिकृतले १९४६ उपहार दिएको संविधानलाई जापानी जनताले स्विकारेर आर्थिक निर्माण गरेको अर्को चरम उदाहरण जापान हाम्रोअगाडि छ।
के गर्दा उपयुक्त हुन्छ, यसबारे दलीय नेताहरूले गम्भीरताका साथ सत्तामोहको प्रभावमा होइन, राष्ट्रिय हितमा 'संवाद' को वातावरण सिर्जना गर्न सबै दल, असहमत पक्षसमेत र विशेषगरी सत्ता पक्षले अग्रसरता लिन जरुरी छ। यसमा अगुवा भूमिका ठूला दलको नेताहरूले नै लिनुपर्छ, प्रतिपक्षले समेत। संवैधानिक वैधताका विश्वव्यापी आधारका रूपमा रहेका निम्न सूत्रहरूलाई नेताहरूले अध्ययनमनन गरी नेपालको सन्दर्भलाई बिसर्नु हुँदैन।
ती हुन्: कानुनी सैद्धान्तिक आधार, सामाजिक र साँस्कृतिक आधार, नैतिक आधार, अल्पपक्षीय सहभागितामूलक आधार, अन्तर्राष्ट्रिय मान्यताको आधार र आम जनसमर्थन एवं सम्मतिको आधार। उपर्युक्त आधारमा केही थप देखिएका प्राचीन परम्परागत प्रचलन एवं सहमतिका आधार पनि छन्।
साथै दक्षिण अफ्रिकाले अपनाएको अदालतबाट अनुमोदन हुनुपर्ने पूर्वसर्त तथा अन्य मुलुकले प्रयोग गरेका जनमतसंग्रह एवं संविधान कार्यान्वयनका सन्दर्भमा प्रदान गरिने संस्थागत (न्यायिक) मान्यता पनि पर्छन्। यसका लागि देशले स्वतन्त्र र बलियो न्यायपालिका र कठोर निर्णय लिन सक्ने सक्षम राजनीतिक नेतृत्वको अपेक्षा राख्दछ।
http://www.annapurnapost.com/news/50907

२३ वर्षपछि निर्दोष सावित भई जेलबाट छुटेका एक बन्दीको दर्दनाक कथा

उनले भने, 'मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन ।म एक जिउँदो लास हुँ ।'
कानुन आफै अन्धो भएपछि निर्दोषहरुले कसरी दुःख पाउँछन् भन्ने उदाहारण हो यो । भारतको कर्नाटकका एक व्यक्तिले २३ वर्ष जेलको चिसो छिँडीमा अनाहकमा बिताएका छन् । २० वर्षको जवान हुँदा जेल परेका ति निर्दोष व्यक्ति आज ४५ वर्षका भएका छन् । उनी भन्छन् ‘अब मेरो बाँकी जिन्दगीको कुनै अर्थ छैन ।’
हामीले भारतबाट प्रकाशित हुने एक पत्रिकाबाट यो सामग्री साभार गरेर प्रकाशित गरेका छौं ।
जेलबाट छुट्ने बेला निसारको हालत एकदमै बिग्रिएको थियो । उनको मानसिक स्थितिसमेत राम्रो थिएन । हिडडुल गर्न सक्दैन थिए । २३ वर्षको लगातार जेल बसाई र यातानाले गर्दा उनको शरिर पुरै विग्रिएको थियो । जेलबाट निस्किएपछि निसारले भने,‘मेरो खुट्टा चल्दैन । मैले योपनि भूलिसकेकी म स्वतन्त्र भएँ ।’
निसार त्यही व्यक्तिहरु मध्ये एक हुन् जसलाई सुप्रिम कोर्टले २०१६ मे ११ मा जयपुर जेलबाट रिहा गर्न आदेश दिएको थियो । २३ वर्ष अगाडि उनलाई आजीवन कारावारका लागि जेल सजाय सुनाइएको थियो । तर आश्चर्यको कुरा २३ वर्षपछि अदालतले उनी सहित उनीसँगै जेल परेका साथीहरुलाई निर्दोष सावित गरेर रिहा ग¥यो । उनीहरु तीन जनालाई रेलमा बम विस्फोट गराएर दुई जनाको हत्या र ८ जना घाइते बनाएको आरोप लागेको थियो । २३ वर्षपछि उनीहरु जेलबाट निर्दोष सावित भएर निस्कँदा उनीहरुको परिवार पुरै तहन नहस भइसकेको थियो ।
‘मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन । यो मेरो जिउँदो लास मात्र हो ।ती तीन मध्ये निसारले भने, ‘मैले आफ्नो जिन्दगीको सबैभन्दा स्वर्णिम समय ८ हजार १ सय ५० दिन जेलमा बिताएँ । अब मेरा लागि यो बाँकी जिन्दगीको कुनै अर्थ छैन । तपाई जुन अवस्थामा मलाई देखिरहनु भएको छ, यो मेरो जिउँदो लास मात्र हो । जुन बेला मलाई जेलमा राखिएको थियो त्यो बेला म २० वर्षको थिएँ । आज मेरो उमेर ४५ वर्षको भएको छ । म जेलमा पर्दा मेरी सानी बहिनीको उमेर १२ वर्षको थियो । आज उनकी छोरी नै १२ वर्षको भइसकेको छ । मेरी भतिजी एक वर्षकी थिइ । आज उनको विवाह भइसकेको छ । मेरो पिढींको एउटा अध्याय नै गायव भएको छ । ’
जेलबाट रिहा भएको पहिलो रात निसारले जयपुरको एउटा होटलमा बिताएका थिए । होटलको कोठामा उनी सुत्न सकेनन् । रातभर एक क्षणपनि ननिधाई बसे । त्यसको कारण थियो, उनी होटलको विस्तारामा सुत्नै सकेनन् । उनलाई त्यो आरामदायी ओच्छ्यानले विझायो । डस्ना सहितको ओच्छ्यानमा सुत्ने उनको बानी नै हटिसकेको थियो ।१५ जनवरी सन् १९९४ मा उनी फार्मेसीको विद्यार्थी थिए । १५ दिन पछि उनको परीक्षा आउँदै थियो । उनी परीक्षाको तयारीका लागि कलेज जान युनिफर्म लगाएर घर बाहिर निस्कन मात्र लागेका थिए । गेटबाहिर निस्कने वित्तिकै उनको कन्चटमा पेस्तोल ताकियो र गेटबाटै पुलिसहरुले गिरफ्तार ग¥यो । उनको घर रहेको कर्नाटकका पुलिसलाई उनको गिरफ्तारीको कुनै पूर्वजानकारी थिएन । उनलाई गिरफ्तार गर्न हैदरावादको पुलिसहरु आएका थिए ।
त्यसपछि २८ फरवरी १९९४ मा उनलाई रेलमा बम विस्फोट गराएको कसुरमा अदालतमा पेस गरियो । अदातलले उनलाई दोषी ठहर्याएर आजीवन कारबासको सजाय सुनायो । उनको ठूलो दाजुलाई पनि मुम्बईमा सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेकै अवस्थामा गिरफ्तार गरि उनलाई पनि आजीवन कारबारमा जेल हालियो । आफ्ना दुई सन्तानलाई निर्दोष सावित गराएर जेलबाट छुटाउन संघर्ष गर्दा गर्दै उनको बुवाको सन् २००६ मा मृत्यु भयो ।
आफ्ना दुई सन्तानलाई निर्दोष सावित गराएर जेलबाट छुटाउन संघर्ष गर्दा गर्दै उनको बुवाको सन् २००६ मा मृत्यु भयो ।
निसारका दाई जहीरले भनेका थिए हाम्रो परिवारमा परेको यस्तो भयानक ‘ट्रेजडी’ एउटा परिवारका लागि कस्तो घटना भयो होला ? अर्को दुखत् कुरा, निसारका दाईलाई जेलमा बस्दा बस्दै क्यान्सर भयो । क्यान्सर भएपछि उनलाई जेलबाट निकालियो । जेलबाट निस्केपछि दाईले आफ्नो उपचारमा ध्यान दिएनन् । आफ्नो निर्दोष भाइ र उनीसँगै जेलमा परेका निर्दोष बन्दीहरुलाई छुटाउन उनले प्रमाणहरु जुटाउन समय खर्च गरे । त्यही क्यान्सर लागेको दाईले जुटाएको प्रमाणको आधारमा उनीहरुलाई २३ वर्षपछि अदालतले निर्दोष सावित गरि जेलबाट रिहा ग¥यो । तर दुखत् पक्ष क्यान्सरसँग लडिरहेको आफ्ना दाजुलाई निसारले भेट्न पाएनन् । उनको ९ मे २००८ मै मृत्यु भइसकेको थियो ।
कानपुर र मुम्बईमा भएको बम विस्फोटमा उनीहरु सम्लग्न भएको आरोप प्रहरीले लगाएको थियो । उनीहरुले विभिन्न परिवन्धमा परि अपराध कबुल गरेका थिए । रिहापछि निसारले अदालतलाई धन्यवाद दिएका छन् ।
समकालीन तिसरी दुनियाबाट
प्रस्तावित न्यायाधीश र राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरी आहृवान

प्रस्तावित न्यायाधीश र राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरी आहृवान




Kul-Bahadur-Gurung
९ असार, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित न्यायाधीश र राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु गरेको छ । उजुरी आहृवानका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने समितिले निर्णय गरेको छ ।
सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा बिहीबार दिउँसो बसेको बैठकले आफ्नो कार्यविधि पास गरेको छ ।
कार्यदलले तयार पारेको कार्यविधि संशोधनसहित पास भएको हो । जसमा संवैधानिक अंगहरुमा हुने नियुक्त समानुपातिक समावेशी बनाउनु पर्नेमा जोड दिइएको छ । ‘संविधानको धारा ४२ लाई आत्मसाथ गरेका छौं,’ समितिका सदस्य एवं एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने ।
स्रोतका अनुसार कार्यदलले तयार पारेको प्रस्ताव समानुपातिक समावेशी अनिवार्य जस्तै राखिएको थियो । तर, पूर्ण समितिले त्यसलाई संशोधन गरेर समानुपातिक समावेशी बनाउनु राज्यको दायित्व भएको भाव राखिएको एक सदस्यले बताए ।
उजुरी आहृवान
सुनुवाइ समितिको बैठकले प्रस्तावित व्यक्तिहरुविरुद्ध उजुरी दिन आहृवान गरेको छ । १० दिन म्याद दिएर उजुरी आहृवानका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको हो ।
सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश सुशीला कार्कीको सुनुवाइ गर्नु पर्नेछ । यस्तै सर्वोच्च अदालतका ११ प्रस्तावित न्यायाधीश र २१ राजदूतको पनि सुनुवाइ गर्नु पर्नेछ ।
सरूवा विरूद्ध महान्यायाधिवक्ताको कार्यालयका कर्मचारी आन्दोलित

सरूवा विरूद्ध महान्यायाधिवक्ताको कार्यालयका कर्मचारी आन्दोलित


 http://www.hamrakura.com/uploads/news/images/paripatra.jpg.jpeg

काठमाडौं । महान्यायाधिवक्ता हरि फुँयाललेले कर्मचारी सरूवामा राजनीतिक पूर्वाग्रह राखी कानूनी प्रावधान र आफ्नै प्रतिवद्धतालाई समेत लत्याउँदै निर्णय गरेको भन्दै महान्यायधिवक्ताको कार्यालयका निजामती कर्मचारी युनियन (संघ) आवद्ध कर्मचारीहरू आन्दोलित भएका छन् ।
आर्थिक वर्षको ११ औं महिनामा विशेष कारण नपरी काज तथा सरूवा गर्न नमिल्ने प्रावधान लत्याउँदै राजनीतिक आस्थामा टाढा रहेका कर्मचारीहरूलाई विधि विपरित सरूवा गरिएको भन्दै कर्मचारीहरूले आक्रोश पोखेका हुन् । मंगलबार महान्यायाधिवक्ताको नाममा ज्ञापनपज्ञ बुझाउँदै युनियनको विभागीय कार्यसमितिले सरकारलाई कानूनी परामर्श दिने निकायले नै विधि र प्रक्रिया लत्याउने हो भने मुलुकमा कानूनी राज अघि बढ्न नसक्ने दाबी पनि गरे ।

 विभागीय कार्य समितिका अध्यक्ष भरतकुमार मैनाली भन्छन् ‘यस अघि विभिन्न कार्यक्रममा आफैंले गरेको प्रतिवद्धता लत्याउँदै अन्तिम ११ औं महिनामा विभिन्न पदमा कार्यरत २८ जना कर्मचारीको सरूवा गरेको प्रति युनियनले आपत्ति जनाएको हो ।’ युनियनले ज्ञापनपत्र बुझाउँदै महान्यायधिवक्ताको ‘सरूवा सम्बन्धी मापदण्ड २०७३’ तयार पार्ने नायव महान्यायधिवक्ता बद्रीप्रसाद गौतमको संयोजकत्वमा समिति बनाई महान्यायधिवक्ताको कार्यालयमा क्रियाशील ट्रेड युनियनहरुबाट राय समेत लिई निजामती सेवा ऐन २०४९ को मर्म विपरित सरूवा नगर्ने महान्यायाधिवक्ता तथा नायव महानयाधिवक्ताबाट भएको प्रतिवद्धता समेत भुलेर राजनीतिक पूर्वाग्रहमा फसी आर्थिक वर्षको अन्त्यमा कार्यसम्पादन मुल्याङ्कन हुने र लेखा बन्द गर्ने बेलामा भएको सरूवा प्रति गम्भीर आपत्ति रहेको जनाएको छ ।

 त्यसो त सामान्य प्रशासन मन्त्रालयले गत जेठ १४ गते गरेको परिपत्रको पनि विपरित रहेको आरोप युनियनले लगाएको छ । उक्त मितिमा मन्त्रालयले यसरी अन्तिम महिनामा आएर सरूवा गर्नकोको लागि निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली–२०५० बमोजिम पर्याप्लत आधार कारण र औचित्यबाहेकको अवस्थामा सरूवा गर्ने वा काजमा खटाउने कार्य नियन्त्रण गर्न तथा सो विषयमा मन्त्रालयलाई जानकारी गराउन परिपत्र जारी गरेको थियो । तर यो परिपत्र विपरित हुने गरी सरूवा भएको आरोप पनि संघले लगाएको छ ।

उसले समयमा नै आफ्नो मागप्रति कार्यालय र महान्यायाधिवक्ता गम्भीर नभए आफू गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी पनि युनियनले दिएको छ । उता, ज्ञापनपत्र बुझाउन जानलाग्दा महान्यायाधिवक्ताले भने आफूहरूलाई भेट्ने समय नै नदिएपछि स्वकीय सचिवमार्फत् ज्ञापनपत्र बुझाईएको युनियनका अध्यक्ष भरत मैनालीले जानकारी दिएका छन् । मंगलबार कुनैपनि समय ५ मिनेटको लागि मात्रै भन्दा पनि महान्यायाधिवक्ता फुयालले समय नदिएपछि आफूले स्वकीय सचिव मार्फत् पत्र बुझाएको उनले जानकारी दिए । उनले भने ‘स्वकीय सचिवलाई भन्दा तपाईँहरूसँग नभेट्ने भनेर भन्नुभएको छ महान्यायाधिवक्ताज्यूले भनेपछि हामीले उनै मार्फत् ज्ञापनपत्र बुझाएका हौं ।’

 
- See more at: http://www.hamrakura.com/news
न्यायाधीशले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कि नपर्ने

न्यायाधीशले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कि नपर्ने


असार ७ 


  • न्यायपरिषद सम्बन्धी विधेयक संसदमा
आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र न्यायाधीशले आफ्नो र आफ्नो परिवारमा रहेको सम्पत्ति विवरण न्यायपरिषद्मा बुझाउनु पर्ने तर त्यो गोप्य रहने व्यवस्था गर्दै सरकारले बनाएको विधेयक संसदमा पेश भएको छ।
‍‍‍‍यसअघि न्यायाधीशले सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुन थिएन। न्यायालयमा भ्रष्टाचार बढेको  र अनुचित प्रभावमा परि फैसला गर्ने प्रवृत्ति बढिरहेको भन्ने जनगुनासो बढेपछि केही वर्षयता  न्यायाधीशले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बहस चलिरहेको छ।
यसअघिको सरकारकै पालामा न्यायाधीशले वर्षेनी सम्पत्ति विवरण बुझाएर सार्वजनिक गर्नुपर्ने कानुन मस्यौदा गरेको थियो। तत्कालीन न्यायपरिषद सदस्य उपेन्द्रकेशरी न्यौपानेका अनुसार न्यायाधीशले बुझाएको सम्पत्ति विवरण परिषदको वेबसाइटमै राखिने गरी त्यो मस्यौदा गरिएको थियो। त्यस्तो मस्यौदा गर्दा न्यायाधीशहरुले नै विरोध गरेका थिए।
अहिले भने न्यायाधीशको सम्पत्ति विवरण गोप्य राखिने गरी सरकारले ‘न्यायपरिषद ऐनलाई संसोधन र एकीकृत गर्न बनेको विधेयक’ संसदमा पेश गरेको छ। विधेयक संसदमा पेश गरेका उनले  सम्पत्ति व्यक्तिको गोपनीयताको हकको विषय भएको र  न्यायाधीशहरुले सम्पत्ति सार्वजनिक गर्नुपर्ने सैद्धान्तिक कारण नभएको बताए।
न्यायाधीशको पद कार्यकारी नभएकोले पनि उनीहरुले सम्पत्ति विवरण सार्वजनिक गरिरहन नपर्ने उनको तर्क छ।
‘सार्वजनिक पद भन्दैमा सबैले सम्पत्ति सार्वजनिक गर्नपर्छ भन्ने छैन, जस्तो संसदको सरकारका सचिवको सम्पत्ति त गोप्य नै रहने व्यवस्था छ, न्यायाधीश मन्त्रीजस्तो कार्यकारी पद होइन भनेरै विधेयकमा सम्पत्ति विवरण भर्नुपर्ने तर गोप्य रहने व्यवस्था गरिएको हो,’ कानुनमन्त्री अग्नि खरेलले भने।
सरकारका मन्त्रीहरुले सम्पत्ति विवरण भर्नुपर्ने नियम २०४८ साल पछि बसेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा तोकिएको ठाउँ र समयमा कर्मचारी र सार्वजनिक ओहदामा रहेका व्यक्तिले सम्पत्ति विवरण भरेर वर्षेनी बुझाउनुपर्ने व्यवस्था गरेपछि मात्रै यो प्रचलन बनेको हो। सांसद तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीका अनुसार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन भए पनि बाध्यात्मक कानुन छैन। तर उनीहरुले तोकिएको ठाउँमा सम्पत्ति विवरण भने बुझाउनु र अध्यावधिक गर्नुपर्छ।
‘निजी सम्पत्ति भनेको गोपनीयताको हकभित्र पर्ने कुरा हो सरकारी पदमा नियुक्तिपछि त्यो सार्वजनिक गर्ने नगर्ने व्यक्तिमै भर पर्ने हो। मन्त्रीले गर्ने पनि त्यही आधारमा हो,’ उनले भने।
केही दिनअघि प्रहरीले अधिवक्ता सञ्जयराज अधिकारीलाई ठगी र बिचौलियाको काम गरेको आरोपमा प्रक्राउ गर्‍यो। पुनरावेदन पाटनका दुई न्यायाधीशलाई पैसा दिई मुद्दा जिताइदिने भनेर मुद्दाको एउटा पक्षसंग उनले पाँच लाख मागेको अडियो रेकर्ड समेत फेला पारेको प्रहरीले जनाएको छ।
मेडिकल काउन्सिलले मापदण्ड नपुगेको भन्दै घटाइदिएका एमबिबिएस सिट संख्या बढाउन न्यायाधीशलाई पैसा खुवाएर अन्तरिम आदेश लिने गरेको समाचार गत भदौमा अडियोसहित सार्वजनिक भएको थियो। कहिले न्यायाधीशले घुस खाएर फैसला गरेका समाचार त कहिले हल्ला न्यायक्षेत्रमा भुसको आगोझैं भित्रभित्रै फैलिने गर्छन्।  
फलानो न्यायाधीशले फलानो फैसलामा पैसा खायो भन्ने ‘गसिप’हरु पनि न्यायक्षेत्रमा नियमित रुपमा चर्चित हुन्छन्।
तर हाम्रो संविधान र कानुनले त न्यायाधीशलाई विवादबाट मुक्त र संसारका स्वार्थहरुबाट माथि उठेको आध्यात्मिक व्यक्तित्वको परिकल्पना गरेको छ। पारदर्शी हुनु नपर्ने छुट पनि दिएको छ। अहिले लागू भइरहेको कानुनमा न्यायाधीशले  कतै पनि आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्दैन। सार्वजनिक गर्ने त परको कुरा।
सर्वोच्च अदालतकै कतिपय कर्मचारीहरुले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक भए न्यायाधीशकै पारदर्शीता बढ्ने र उनीहरुको जनआस्था वृद्धि हुने तर्क नगरेका हैनन्।
‘विवादास्पद घटनामा संलग्नको सम्पत्ति विवरण परिषदले हेर्न र सकिहाल्छ अरुको किन सम्पत्ति सार्वजनिक गर्नुपर्‍यो भन्ने धेरैको धारणा छ,’ सर्वोच्चका एक कर्मचारीले भने, ‘तर सम्पत्ति सार्वजनिक गरे न्यायाधीशको आर्थिक पारदर्शीता बढ्थ्यो त्यसले जनआस्था नै वृद्धि हुने हो।’
प्रधानन्यायाधीश हुँदै गर्दा संसदीय सुनुवाईमा वा अन्यत्र गर्ने भाषणमा न्यायालयमा भ्रष्टाचार बढ्यो भन्ने चिन्ता व्यक्त हुनु सामान्य भइसक्यो। तर जुन प्रधानन्यायाधीश आए पनि त्यसको नियन्त्रण वा न्यूनीकरणका लागि कुनै काम गरेको पनि देखिँदैन। प्रधानन्यायाधीश फेरिएपिच्छे न्यायालयका विकृति विसंगति कसरी हटाउने अध्ययन गर्न भनेर सर्वोच्चले समिति समेत बनाउँछ, तर न त्यस्ता समितिका सुझावहरु कडाइका साथ कार्यान्वयन भएका छन्, न अदालतको भ्रष्ट्राचार घटेको छ।
यो पृष्ठभूमिमा न्यायालयको पारदर्शीता बढाउनु पर्ने आवश्यकता टड्कारो छ। तर त्यतातिर कदम चाल्ने जाँगर न्यायालयमा कमै देखिन्छ। 
न्यायालयलाई विशिष्ट, स्वतन्त्र र सम्मानित बनाउनकै लागि कानुनले केही सुविधा दिएको छ। जस्तो अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म कसैले पनि भ्रष्टाचार गरेको उजुरी अख्तियारले हेर्न पाउँदैन। बरु न्यायाधीश र कर्मचारीलाई कारबाही गर्नेदेखि भ्रष्टाचार गरे मुद्दा चलाउने छुट्टै संवैधानिक निकाय बनाइएको छ, न्यायपरिषद। तै पनि सर्वोच्च अदालतका न्यायाधीशलाई त परिषदले पनि केही गर्न सक्दैन। सिधै महाअभियोग लगाएर संसदले हटाउनेबाहेक कसैले हल्लाउन समेत सक्दैन।
यस्तो सुविधाको लाभ पाए पनि पारदर्शीताप्रति न्यायाधीशहरुको सधैं बिरोध देखिन्छ। न्यायाधीशहरुले आफूलाई छुट्टै प्रायद्वीपको मान्छे बनाउन कोसिस गर्ने गरेको नेपाल बारका पूर्वमहासचिव सुनील पोखरेले बताए। उनीहरुले न्यायालयको स्वतन्त्रता र गरिमाको नाममा आफू पारदर्शी हुन नपर्ने ठान्ने गरेको समेत पोखरेलको भनाइ छ।
‘सार्वजनिक ओहदामा बस्ने मन्त्री प्रधानमन्त्री लगायतको सम्पत्ति सार्वजनिक गर्नुपर्ने, न्यायाधीशकै पनि उमेर, ऊ कहिले प्रधानन्यायाधीश हुन सक्ने कहिलेसम्म हुन सक्ने लगायतका हिसाब-किताब न्यायपरिषद बुलेटिनमा छाप्छन्, सम्पत्तिमात्रै सार्वजनिक गर्न नहुने?,’ उनले भने, ‘यसले न्यायाधीशको स्वतन्त्रता, सम्मान र काममा कहाँ असर गर्छ तर हामीकहाँ न्यायाधीशहरु छुट्टै आइल्याण्डका हौं कि भनेझैं गर्छन्।’
सरकारले कानुन बनाउँदा पनि न्यायाधीशलाई धेरै कानुनी सुविधा दिने भन्दा पारदर्शी बनाउनुपर्ने पोखरेलको तर्क छ।
‘न्यायपालिका र न्यायाधीशको स्वतन्त्रतामा कम्प्रोमाइज हुने कुनै खालको कुरा छ भने कानुनले त्यसमा प्रतिबन्ध लगाउनुपर्ने हुन्छ। त्यो भन्दाबाहेक अन्य कुनै पनि कुराको प्रोटेक्सन न्यायाधीशलाई दिँदा ऊ छुट्टै आइल्याण्डका मान्छे जस्तो हुन्छ,’ उनले भने,‘ सम्पत्ति विवरण सार्वजनिक गरे उनीहरुलाई नै इम्पावर गर्छ। न्यायाधीशले घुस खान्छ भ्रष्टाचार गर्छ भन्ने जुन आरोप छ त्यसलाई खण्डन गर्दै पारदर्शी हुने अवसर दिन्छ।’
विधेयकको दफा २९ मा सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था छ। न्यायपरिषद सदस्य र न्यायाधीशले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको विवरण प्रत्येक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र परिषदमा पेश गर्नुपर्ने उल्लेख छ। त्यस्तै, नयाँ न्यायाधीशले पनि नियुक्ति पाएको साठी दिन भित्र परिषद्मा सम्पत्ति विवरण बुझाउनु पर्ने छ।
उक्त दफाको उपदफा ३ मा न्यायाधीशहरुको सम्पत्ति विवरण गोप्य रहने उल्लेख छ। तोकिएको अवधिभित्र सम्पत्ति विवरण नभर्ने न्यायाधीशलाई परिषदले जरिवाना तिराउने र कारबाही गर्न सक्ने पनि विधेयकमा व्यवस्था छ।
विधेयकमाथि निर्णय हुन बाँकी नै भएकाले सांसदहरुले यसमा संसोधन प्रस्ताव राख्न सक्ने मन्त्रि खरेलले बताए।
‘न्यायाधीश विवादमा आए देखि परिषदले हेर्न सक्ने व्यवस्था छँदैछ नभए अरुको सम्पत्ति किन सार्वजनिक गरिरहनुपर्यो भनेर पनि हो,’ उनले भने,‘तर सरकारको प्रस्तावमा असहमति भए छलफल गरौँ, सांसदहरुले संसोधन नै हाल्न पनि त सक्नुहुन्छ यो अन्तिम निर्णय होइन।’
source: http://setopati.com/raajneeti/48595/
शक्तिशाली उच्च अदालतको प्रस्ताव

शक्तिशाली उच्च अदालतको प्रस्ताव

 

सोमबारदेखि संसदमा  छलफलमा रहेको विधेयक पारित गरी दुई महिनाभित्र उच्च अदालत गठन प्रक्रिया थालिसकिने कानुनमन्त्री अग्नि खरेलले बताएका छन्।
सोमबारदेखि संसदमा छलफल सुरु भएको उच्च अदालतसम्बन्धी न्याय प्रशासन विधेयकमा सो अदालतलाई शक्तिशाली बनाउन प्रस्ताव गरिएको अधिकारीहरुले बताएका छन्।
अधिकारीहरुका अनुसार गम्भीर प्रकृतिका केहीबाहेक सबै मुद्दा प्रदेश अदालतबाटै टुंग्याउन विधेयकमा प्रस्ताव गरिएको छ।
उक्त विधेयकमा अहिलेका पुनरावेदन अदालतलाई उच्च अदालतमा परिवर्तन गरिँदा हुन सक्ने समस्याको समाधान खोजिएपनि सीमांकन र प्रदेश राजधानीको निर्णय नहुँदा समस्या हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
कानुनमन्त्री अग्नि खरेलले सोमबार उक्त विधेयक संसदमा पेश गरेका थिए।

अधिकार


अधिकारीहरुका अनुसार विधेयकमा प्रदेशका कानुनी समस्याहरु उच्च अदालतमै टुंगिने गरी धेरै अधिकार दिइएको छ।
कानुन मन्त्रालयका सह-प्रवक्ता होमबहादुर केसीले भने, “कतिपय मुद्दाहरु उच्च अदालत तहबाटै अन्तिम हुने गरी व्यवस्था गर्नका लागि पांच वर्षभन्दा बढी कैदको सजाय वा २५ लाखभन्दा बढी बिगो भएको मुद्दामा उच्च अदालतले आंशिक वा पूरै बदर गरेको मुद्दामा मात्र सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने गरिएको हुनाले अधिकांश मुद्दाहरु उच्च अदालतकै तहबाट अन्तिम हुने व्यवस्था प्रस्ताव गरिएको छ।”
मुलुक संघीयतामा गएको एक वर्षभित्र अर्थात अबको तीन महिनामा सातवटै प्रदेशमा उच्च अदालत गठन हुनुपर्ने र त्यसले हाल विद्यमान रहेका १६ वटा पुनरावेदन अदालतलाई खारेज गर्ने प्रावधान छ।
कानुन मन्त्रालय अन्तर्गतको न्याय प्रशासन, सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगले मिलेर बनाएको उक्त विधेयकले पुनरावेदन अदालतमा रहेको मुख्य न्यायाधीश, न्यायाधीश र मुद्दाको बाँडफाडमा हुन सक्ने समस्या समाधान गरेको न्याय परिषद्का प्रवक्ता देवेन्द्र ढकालले बताए।

सिफारिस


ढकालले भने, “पुनरावेदन अदालतमा रहेका मुख्य न्यायाधीशहरुमध्ये यदि सर्वोच्च अदालतमा सिफारिस नभएको भए उच्च अदालतको न्यायाधीश हुने भन्ने समस्या हुन सक्थ्यो तर अहिले सातजनाको त सर्वोच्च अदालतमा सिफारिस भइसकेको छ।”
तर सीमांकन र प्रदेश राजधानीको अझै टुंगो नलागिसकेका कारण त्यसबाट समस्या उत्पन्न हुन सक्ने उनले बताए।
उनले थपे, “प्रदेशको राजधानी तय भएपछि त कहाँ राख्ने उच्च अदालत भन्ने समस्या हुँदैनथ्यो। नभएसम्मका लागि कहाँ रहने भन्ने कुरामा चाहिँ निर्णय गर्नुपर्ने हुन्छ।”
कानुनमन्त्री खरेलले दुई महिनाभित्रै अदालत गठन हुने बताएका छन्।
तर प्रमुख राजनीतिक दलहरुबीच विद्यमान मतभेदका कारण कानुन निर्माणको प्रक्रिया सहज हुने देखिंदैन।
Source:http://goo.gl/2Yr2T5
एक हत्याको आरोपमा पक्राउ अभियुक्तले स्विकारे ३२ हत्याको अभियोग

एक हत्याको आरोपमा पक्राउ अभियुक्तले स्विकारे ३२ हत्याको अभियोग

असार ६, २०७३- एक युवतीको हत्या र बलात्कारको अभियोगमा पक्राउ परेका मानबहादुर बुढाथोकीले एक वर्षबीचमा धनुषा र महोत्तरीमा आफूले घटाएको घटनाको फेहरिस्त खोल्दा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली अक्कबक्क भयो ।
२०५३ मा महोत्तरीमा भएको एक हत्या घटनामा उनको संलग्नता खुलेपछी ब्युरोको प्रहरी भारतको दिल्ली पुगेर उनलाई पक्राउ गरी सोमबार नेपाल ल्याएको थियो । यसबीचमा उनले एक घटना मात्रै स्विकार गरेनन् प्रहरीले चाल नै नपाएको अन्य ३१ वटा घटनामा समेत आफू संलग्न रहेको दावी गरे ।
ब्युरोका एसपी दिवस लोहनीका अनुसार उनले दावी गरेका हत्या घटनामध्ये प्रहरीले ६ वटाको रेकर्ड फेला पारिसकेको छ । अन्य २६ वटा घटनाका पीडितको हुन प्रहरीलाई समेत पत्तो छैन ।
'अहिलेसम्म उसले खुलाएका घटनामध्ये ६ वटाको विवरण फेला परेको छ', एसपी लोहनीले भने' अन्य २६ वटाबारे भने हामी नै अनुसन्धानमा छौं ।'
ब्युरोले सार्वजनिक गरेको बुढाथोकीले स्विकार गरेको हत्या घटनाको प्रकृती एकै छ । धनुषा र महोत्तरीका विभिन्न स्थानमा २०५२ र २०५३ का विचमा भएका घटना अधिकांश सुनसान स्थानमा घटेका छन् । यी सबै घटनामा मारिएकाको घांटी थिचिएको छ भने अधिकांशको बलात्कार समेत भएको छ ।
प्रारम्भिमा बलात्कारको उदेश्यले महिलालाई नियन्त्रणमा लिने र प्रतिकार गरे हत्या गरी बलात्कार गर्ने उनको अपराध कार्यशैली देखिएको लोहनीले जानकारी दिए ।
२०५३ असार ९ गते महोत्तरी बर्दीबास-१ मा शारीरिक रुपमा असक्त   २० वषिर्या युवतीको हत्या भएको थियो । घर नजिकैको जंगलमा गोठालो गएकी उनी बेलुकासम्म घर नफर्किएपछी खोजीगर्दा सागरनाथ बनविकास परियोजनाको जंगलमा पच्छ्यौराले घांटी कसेको अवस्थामा उनको शब फेला परेको थियो ।
पोष्टमार्टमकोक्रममा हत्या अघि उनको बलात्कार समेत भएको खुले पनि घटनामा संलग्नबारे खुलेको थिएन । अनुसन्धानमा प्राय भारतमा बस्ने बारा, डुमरवाना-६ खोरगााउका बुढाथोकी शंकाको घेरामा परे पनि उनी फेला नपर्दा घटना रहस्यमै रहेको थियो । उनी भारतीतिर लागे प्रहरीले २० वर्षसम्म फाइल थन्क्यायो ।
नसुल्झीएका पुराना आपराधिक घटनाको सूची संकलनकोक्रममा बर्दिवासमा भएको सो घटनामा ब्युरोको नजर परेपछी उसले ६ महिना अगाडिबाट अनुसन्धान शुरु गरेको थियो ।
'प्रारम्भिक अनुसन्धानमा उनी अन्य घटनामा पनि संलग्न हुनसक्ने आशंका थियो, तर सिरियल किलरनै हुन् भन्ने थिएन', बुढाथोकीको बयानबाट अचम्ममा परेका एसपी लोहनीले भने' बयानमा उनले घटनास्थल, मृतकको हुलिया सहितको विवरण खुलाएपछी हामीनै छक्कै पर्यौ।'
उनले सकारेका ३२ घटनामध्ये ६ वटाको फाइल ब्युरोले फेला परेको छ । ब्युरोको प्रारम्भिक अनुसन्धान विवरण अनुसार  २०५२ फागुन  २४ मा धनुषा बेगाडाबर नजिकैको चौरमा एक महिलाको शब फेला परेको थियो । अनुसन्धान नसुल्भिmएको सो घटना आफैंले गराएको बुढाथोकीले दावी गरेका छन् ।
२०५२ चैत्र २३ मा धनुषा, ढल्केवरको दमार जंगलमा गोठालो आएकी १७ बषर्ीया युवती, २०५३ जेठ ६ मा ढल्केवरकै जंगलमा गोठालो आएकी ६१ वषिर्या बृद्धा, २०५३ असारमा महोत्तरी बर्दिबासको बनपाले अफिस नजिकै पात टिप्न गएकी २५ वर्षकी महिलाको हत्या समेत आफैंले गरेको बुढाथोकीले खुलाएको एसपी लोहनीले जानकारी दिए ।
२०५३ साउनमा धनुषाको लालगढबजारको सयपत्री खोलामा मारिएकी महिला र २०५३ असार ९ मा महोत्तरी बर्दिबासको जंगलमा फेला परेको २० वषिर्य युवतीको हत्या समेत आफैंले गरेको बयानमा खुलाएको लोहनीले जानकारी दिए ।
उनले सकारेका घटनामध्ये महोत्तरीको हत्या घटनाको अनुसन्धान विवरण अदालतमा बुझाउन १ दिन मात्रै बांकी रहेकाले प्रहरीले उनलाई सोमबारनै महोत्तरी पठाएको छ । 'हत्या अनुसन्धानको हदम्याद कट्न लागेकाले सोमबार उनलाई महोत्तरी पठाएका छौ', लोहनीले भने 'उताको. प्रकृया सकिएपछी नखुलेका थप २६ हत्या घटनाबारे अनुसन्धान र सोधपुछ गछौं ।'


http://bit.ly/28JuhOI
सम्पत्ति शुद्धीकरण मुद्दामा जित

सम्पत्ति शुद्धीकरण मुद्दामा जित




असार ७, २०७३- अमेरिकाको पुनरावेदन तहको अदालतमा नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जितेको छ ।

स्रोत नखुलेको १० लाख डलरको मुद्दामा अमेरिकाको ‘स्टेट कोट अफ अपिल’ ले नेपालको पक्षमा फैसला गरेको हो । राष्ट्र बैंकबाट यस मुद्दाको विषयमा काम गरिरहेका उपनिर्देशक हरिकुमार नेपालका अनुसार फैसलाको विवरण नेपाललाई प्राप्त भइसकेको छ ।

उनका अनुसार सन् २००८ मा भंैसेपाटीस्थित बंगलादेश बैंकमा १० लाख डलर रकम चिनियाँ नागरिक
उ लिज्याङको नाममा आएको थियो । उनी पर्यटक भिसामा नेपाल बसिरहेका थिए ।

‘बैंकलाई स्रोतमाथि शंका लागेर अनुसन्धान गर्न राष्ट्र बैंकमा विवरण पठायो । स्रोत नखुलेको रकमको
शंका लागेपछि राष्ट्र बैंकले अनुसन्धानका लागि पैसा रोकिदियो,’ राष्ट्र बैंकको वित्तीय जानकारी इकाईका प्रमुखसमेत रहेका उनले भने, ‘यता रकम रोकेपछि हामीलाई जानकारी नै नदिई अदालतको आदेशमा अमेरिकास्थित राष्ट्र बैंकको खाताबाट १० लाख डलर रकम झिकेर उसलाई भुक्तानी दिने तयारी भएको थियो । हामीले कूटनीतिक नियोग प्रयोग गरी पैसा भुक्तानी गर्न रोक्यौं । त्यहाँको जिल्ला अदालतमा मुद्दा दायर गर्‍यौं ।’

जिल्ला अदालतले सन् २०१४ मा नेपालकै पक्षमा फैसला सुनाएको थियो । अमेरिकाबाट पैसा पठाउने असीम खत्री क्षत्री र चिनियाँ नागरिकले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन सरहको उक्त अदालतमा मुद्दा दायर गराए । ‘पुनरावेदनले नेपालको पक्षमा सोमबार फैसला सुनायो,’ उनले भने । 

http://bit.ly/28K0uUD
भदौ मसान्तभित्र उच्च अदालत गठन

भदौ मसान्तभित्र उच्च अदालत गठन

महिनौँ सरकार गठन नहुन सक्ने व्यवस्था
दलीय अडानका कारण लामो समयदेखि अड्किरहेको संसद् नियमावली आइतबार पारित भएको छ । नियमावलीसँगै संसदीय सुनुवाइ समिति गठनदेखि सरकारविरुद्ध अविश्वास प्रस्ताव राख्न पाउनेसम्मका सबै प्रक्रियाको बाटो खुला भएको छ । संसद्ले २५ असोज ०७२ मै नयाँ संविधानअनुसारको कार्यसञ्चालन नियमावली निर्माणका लागि मस्यौदा समिति गठन गरेको थियो । तर, दलहरूबीच संसदीय सुनुवाइ विशेष समितिको सदस्य संख्या र त्यसको कार्यविधिमा देखिएको विवादका कारण नियमावली बन्न सकेको थिएन ।  
१५ सदस्यीय सुनुवाइ समिति
 संसदीय सुनुवाइ समिति १५ सदस्यीय बनाइएको छ । मुख्य दलहरूबीचमा भागबन्डाका आधारमा समिति सदस्यहरूको नाम र संख्याको विवाद टुंगिएको छ । समितिमा कांग्रेसबाट कुलबहादुर गुरुङ, आनन्द ढुंगाना, चिनकाजी श्रेष्ठ, चित्रलेखा यादव, बालकृष्ण खाण र डा. प्रकाशशरण महत गरी ६ जना, एमालेबाट अष्टलक्ष्मी शाक्य, गणेशमान गुरुङ, धर्मनाथप्रसाद साह र भानुभक्त ढकाल गरी चारजना, माओवादी केन्द्रबाट हितराज पाण्डे र अनिता परियार गरी दुईजना, राप्रपा नेपालबाट सयन्द्र बान्तवा र फोरम लोकतान्त्रिकबाट योगेन्द्र चौधरी छानिएका छन् । एक सदस्य दलहरूको सहमतिमा पछि पूर्ति गरिने छ ।  
सोमबार नै सुनुवाइ समिति बैठक
सभामुख ओनसरी घर्तीले सोमबार बिहान ७ बजे आफ्नै समितिको पहिलो बैठक डाकेकी छिन् । पहिलो बैठक समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने भएको छ । सो बैठकले ४८ घन्टाभित्र सूचना प्रकाशित गरी समितिको सभापति चयन गर्ने सभामुख घर्तीले जानकारी दिइन् ।
सिफारिस नाम दुइतिहाइ मात्र अस्वीकृत हुने
प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्यायपरिषद् सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदको नियुक्तिका लागि प्रस्तावित नाम अस्वीकृत गर्नुपरेमा समितिको दुईतिहाइले मात्र गर्नुपर्ने प्रावधान नियमावलीमा उल्लेख छ । सिफारिस नाम सामान्य बहुमतले पनि पारित हुने व्यवस्थासहितको व्यवस्था नियमावलीमा छ ।  
नयाँ समिति थपियो
एक नयाँ संसदीय समिति पनि थपिएको छ । संविधानको धारा ५४ बमोजिम राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन भए–नभएको अनुमगन र मूल्यांकन गर्न संविधान कार्यान्वयन, अनुगमन तथा निर्देशन समिति गठन गरिने छ । समिति ५१ सदस्यीय हुनेछ ।
संकटकालीन अवस्थाको घोषणा वा अनुमोदन
संविधानको धारा २७३ को उपधारा १ अनुसार राष्ट्रपतिद्वारा संकटकाल घोषणा गरेमा एक महिनाभित्र त्यसको अनुमोदन हुनसक्ने गरी सोसम्बन्धी प्रस्तावको सूचना प्रधानमन्त्रीले संसद्लाई दिनुपर्ने ब्यवस्था नियमावलीको परिच्छेद ३२ मा गरिएको छ । संकटकालको घोषणा अनुमोदनका लागि एक महिना ननाघ्ने गरी संसद बैठक बोलाउनुपर्ने छ । बैठकमा प्रधानमन्त्रीले घोषणा गर्नुपर्नाको कारण र आधारका सम्बन्धमा वक्तव्य दिनुपर्ने छ । त्यस्तो वेला संसद् बैठक नबसेको भए १५ दिनभित्र बोलाउनुपर्ने छ । सरकारले बनाउँदै गरेको नियमावली हेर्न पाइने सांसदहरूले अब सरकारले बनाउँदै गरेको नियमावलीका विषयमा पहिले नै जानकारी लिन आवश्यक ठानेमा लिन पाउने छन् । नियमावलीमात्यस्तो व्यवस्था गरिएको छ । सांसदको सुविधा नियमावलीमै उल्लेख सांसदहरूको सेवा–सुविधा वार्षिक रूपमा अध्यावधिक गर्ने कुरा अहिले नयाँ नियमावलीमा छ । पहिले नियमावलीमा यस्तो व्यवस्था थिएन ।  
के–के छन् गर्नुपर्ने काम ?
 १) प्रधानन्यायाधीशको सिफारिस संवैधानिक परिषद्को २८ चैतको बैठकले प्रधानन्यायाधीशमा न्यायपरिषद्ले सिफारिस गरी पठाएको सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश सुशीला कार्कीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गर्‍यो । तर, संसदीय सुनुवाइ समिति गठन हुन नसक्दा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सेवानिवृत्त भइसक्दा पनि कार्कीले प्रधानन्यायाधीशका रूपमा नियुक्त पाएकी छैनन् । उनी अहिले कायममुकायम प्रधानन्यायाधीशका रूपमा काम गरिरहेकी छिन् । अब कार्कीलाई प्रधानन्यायाधीशका रूपमा संवैधानिक परिषद्ले गरेको सिफारिस सुनुवाइ गर्ने बाटो नियमावली बनेसँगै खुलेको छ ।
२) निर्वाचन आयोगका प्रमुख आयुक्तको सिफारिस
 संवैधानिक परिषद्ले निर्वाचन आयोगका प्रमुख आयुक्तको नियुक्तिका लागि डा. अयोधीप्रसाद यादवलाई सिफारिस गरेको छ । गत २२ मंसिरमा यादवलाई प्रमुख आयुक्त नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सो नियुक्ति प्रक्रिया पनि समिति गठन नहुँदा रोकिएको थियो
३) ११ स्थायी न्यायाधीशको सिफारिस
 न्यायपरिषद्ले सर्वाेच्च अदालतका ११ स्थायी न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस रोकिएको थियो । गत १८ फागुनमा गरेको सो नियुक्ति संसद्मा पुगेर न्यायपरिषद्मै फिर्ता हुने र फेरि संसद् सचिवालयमा पुगेर थन्किएको छ । संसद्को सुनुवाइ समिति गठन नहुँदा सिफारिस न्यायाधीशको नियुक्ति प्रक्रिया प्रभावित बन्न पुगेको थियो । नियुक्ति संवैधानिक भए–नभएको विषयमा सर्वाेच्च अदालतमा रिट परेको छ ।
४) राजदूत नियुक्ति सिफारिस
सरकारले गत ७ वैशाखमा विभिन्न २१ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । तीन पूर्वमन्त्री, आठजना परराष्ट्र सेवाका कर्मचारीसहितलाई दलीय भागबन्डाका आधारमा गरेको सो नियुक्ति पनि संसदीय सुनुवाइ समिति नहुँदा अलपत्र छ ।  
आगामी निर्वाचनपछि पनि संसदलाई पुरानै झमेला 
विगतमा असफल प्रक्रिया फेरि ल्याइयो
 नियमावलीको परिच्छेद ९ नियम ४९ मा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन हुने, तर सहमति हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा निर्वाचन हुने उल्लेख छ । संसद्को तत्काल कायम सदस्यको बहुमतले प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ । तीन वा सोभन्दा बढी उम्मेदवार भएमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच दोस्रोपटक मतदान हुनेछ । शीर्ष दुईबीचमा प्रतिस्पर्धा हुादा पनि कसैको बहुमत नआएमा निर्वाचन प्रक्रिया अन्त्य भएको घोषणा गरी नयाँ निर्वाचनको प्रक्रिया सुरु गरिनेछ । यस्तो अवस्थामा फेरि सहमति खोज्ने र नभए बहुमतीय प्रक्रिया दोहोरिनेछ । यस्तो चक्करले महिनौासम्म सरकार नबन्ने पुरानो अवस्था दोहोरिन सक्छ । माधव नेपालको सरकार ढलेपछि संसदको निर्वाचनले समेत ७ महिनासम्म सरकार गठन हुन नसकेपछि संसदमा अनुपस्थित हुन र तटस्थ बस्न नपाउने व्यवस्था गरेको थियो, तर यो नियमावलीले त्यो व्यवस्था हटाएको छ ।  
विश्वासको मत र अविश्वासको प्रस्ताव
नियमावलीको परिच्छेद २० नियम १५९ र १६० मा विश्वास वा अविश्वासको प्रस्तावको व्यवस्था छ । यसमा भने त्यति खासै अस्वभाविक व्यवस्था केही छैन । प्रधानमन्त्रीले संविधानको धारा २९८ को उपधारा १२ बमोजिम आफूसँग संसद्को विश्वास रहेको स्पष्ट गर्न आवश्यक परेमा त्यसको सूचना महासचिव वा सचिवलाई दिनुपर्नेछ । सो विषयमा मतविभाजनबाट निर्णय हुनेछ । त्यस्तै, प्रधानमन्त्रीप्रति संसद्को विश्वास छैन भनी एकचौथाइ सदस्यले लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्नसक्ने छन् । तर, त्यसको जानकारी कम्तीमा सात दिनअगावै लिखित रूपमा संसद्लाई दिनुपर्नेछ । सभामुखले प्रस्तावमाथि छलफल हुने दिन र समय तोकी सूचनापत्रमा प्रकाशन गर्नुपर्नेछ । प्रस्ताव संसद्को तत्काल कायम सदस्य संख्याको बहुमतबाट पारित भए प्रधानमन्त्री स्वत: पदमुक्त हुनेछन् । महाअभियोगको व्यवस्था यस्तो छ
नियमावलीको परिच्छेद २२ नियम १६८ मा संवैधानिक अंगका प्रमुख वा सदस्यविरुद्ध महाअभियोग लगाउन सकिने व्यवस्था छ । संविधान र कानुनको गम्भीर उल्लंघन गरेमा, कार्यक्षमताको अभाव र खराब आचरण भएको वा इमानदारीपूर्वक पदीय कर्तव्यको पालना नगरी आचारसंहिताको गम्भीर उल्लंघन गरेमा महाअभियोगको प्रस्ताव गर्न सकिनेछ । संसद्मा तत्काल कायम सदस्यको एकचौथाइ सदस्यले कारण र आधार खुलाई प्रस्ताव पेस सक्नेछन् । त्यस्तो प्रस्ताव पेस गर्ने आधार र कारण भए–नभएको छानबिन गरी सिफारिस गर्न संसद्मै ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन हुने व्यवस्था छ । समितिले आरोपित व्यक्तिलाई सात दिनभित्र आरोपको सफाइका लागि मौका दिनेछ । तर, तोकिएको समयभित्र त्यस्तो पदाधिकारी आफैँ उपस्थित भई सफाइ पेस नगरेमा अथवा सफाइ सन्तोषजनक नभएमा समितिले महाअभियोगको प्रतिवेदन सदनमा पेस गर्नेछ । त्यस्तो प्रस्ताव संसदको दुईतिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित पदाधिकारी स्वत: पदमुक्त हुनेछन् ।  
संविधान कार्यान्वयन गर्ने यस्तो छ तयारी
सरकारले संविधान कार्यान्वयनको विस्तृत कार्यतालिका आइतबार संसद्मा प्रस्तुत गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्ययोजना पारित गरेको थियो । सरकारका तर्फबाट कानुनमन्त्री अग्नि खरेलले संसद्मा कार्ययोजना पेस गरे । कुन काम कहिले गर्ने ?
१. उच्च अदालत गठन सरकारले भदौ मसान्तभित्र उच्च अदालत गठन गरिसक्ने गरी कार्ययोजना बनाएको छ । न्याय प्रशासनसम्बन्धी कानुन निर्माणका लागि सर्वाेच्च अदालत (पहिलो संशोधन) ऐन, न्याय प्रशासनसम्बन्धी ऐन र न्याय सेवा आयोगसम्बन्धी ऐन साउन मसान्तसम्म बनाइसक्ने तयारी छ ।
२. प्रदेशको सीमांकन संविधानको धारा २९५ अनुसार प्रदेशको सीमांकनसम्बन्धी विषयमा सुझाब दिन संघीय आयोग गठन गर्नसक्ने व्यवस्था छ । प्रदेशको सीमांकनसम्बन्धी सुझाब दिन साउन मसान्तसम्म आयोग गठन गर्ने र आयोगले कात्तिक मसान्तसम्म प्रतिवेदन बुझाउने कार्ययोजनामा छ ।
३. निर्वाचन क्षेत्र निर्धारण संविधानको धारा २८६ को उपधारा ५ मा संघीय कानुनबमोजिम प्रदेशको निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख छ । त्यसका लागि निर्वाचन क्षेत्र निर्धारण ऐन कात्तिक मसान्तसम्म तयार परिसक्ने सरकारको योजना छ । संघीय संसद् र प्रदेशसभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग कात्तिक मसान्तसम्म गठन गर्ने र त्यस्तो आयोगले आफ्नो प्रतिवेदन माघ मसान्तसम्म सरकारलाई बुझाउनुपर्नेछ । source: http://www.enayapatrika.com/2016/06/69963#sthash.rTanETV1.dpuf
कुन कार्यालयका कर्मचारीले पाउँछन प्रोत्साहन भत्ता ?

कुन कार्यालयका कर्मचारीले पाउँछन प्रोत्साहन भत्ता ?

 कर्मचारीलाई एक अर्ब प्रोत्साहन भत्ता

 काठमाडौं, ६ असार सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (इन्सेन्टिभ) दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । 
प्रोत्साहन भत्ता लागू भएका कार्यालयका कर्मचारीले ५० प्रतिशतसम्म भत्ता पाउनेछन् । कार्यालय समयभित्रको कार्यबोझ र थप कामका लागि सूचकका आधारमा २५ प्रतिशत र कार्यालय समयबाहिरको थप समयमा गरेको कामका लागि २५ प्रतिशत भारको आधारमा ५० प्रतिशतमा नबढ्ने गरी भत्ता दिइनेछ । 
थप दश हजार कर्मचारीलाई दिइँदै 
करिब १० हजार कर्मचारीलाई इन्सेन्टिभ दिँदा करिब एक अर्ब रुपैयाँ दायित्व पर्ने देखिएको प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले बताए । ‘आगामी वर्षबाट भत्ता वितरणलाई वस्तुनिष्ट र न्यायोचित बनाउन, भत्ता उपलब्ध गराउनुपर्ने निकायको पहिचान एवं आधार सिफारिस गर्न सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरिएको छ,’ उनले भने । समितिमा अर्थ, कानुन र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् । 
कुन कार्यालयका कर्मचारीले पाउँछन् प्रोत्साहन भत्ता ? 
सरकारले आन्तरिक राजस्व, भन्सार र राजस्व अनुसन्धान विभागअन्तर्गतका कार्यालयका कर्मचारीलाई ५० प्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ । राजस्व र अनुसन्धान विभागका कर्मचारीले यसअघि नै भत्ता खाँदै आएकोमा अनुसन्धान विभाग यस वर्षबाट थपिएको हो । ‘राजस्वका कर्मचारीले फागुनदेखि असारसम्म ६ महिनाको मात्रै भत्ता पाउनेछन्,’ सचिव अधिकारीले भने, ‘अन्य निकायले एक वर्षकै पाउनेछन् ।’ प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले साउनबाटै भत्ता खाइरहेका छन् । महालेखा परीक्षकको कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय, एकल खाता कोष प्रणाली लागू भएका कोष तथा लेखा नियन्त्रक कार्यालयहरू, सर्वोच्च, पुनरावेदन तथा जिल्ला अदालत, महान्यायाधिवक्ता तथा जिल्लास्थित सरकारी वकिलको कार्यालय, राहदानी विभागलगायतका निकायका कर्मचारीले प्रोत्साहन भत्ता पाउनेछन् । गत वर्ष राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका कर्मचारीले पनि प्रोत्साहन भत्ता पाएका थिए । यस वर्ष भने ती कार्यालयबाट भत्ता मागको प्रस्ताव नआएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
 यसरी सुरु भएको थियो भत्ता वितरण 
तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष ०६५/६६ को बजेटमार्फत आन्तरिक राजस्व र भन्सार कार्यालयमा दुई सय प्रतिशतसम्म भत्ता दिने व्यवस्था गरेका थिए । पछि त्यसलाई कटौती गरी सय प्रतिशत कायम गरिएको थियो । राजस्वका कर्मचारीले सय प्रतिशत र अन्यलाई ५० प्रतिशत मात्रै भत्ता दिइएको थियो । गत वर्षबाट राजस्वको कर्मचारीको पनि भत्ता कटौती गरी ५० प्रतिशत कायम गरिएको थियो । कर कार्यालयमा हुने भ्रष्टाचार रोक्न, कामलाई प्रभावकारी, चुस्त, छिटो–छरितो र आकर्षक बनाउन भन्दै प्रोत्साहन भत्ताको व्यवस्था सुरु गरिएको थियो । भत्ता वितरण गर्दा कार्यसम्पादन, हाजिर, अनुशासन, ओभरटाइमलगायतलाई आधार मानिन्छ । 
भत्ता वितरणमा विकृति 
जनतासँग प्रत्यक्ष सरोकार गर्ने निकायको काममा सुधार गर्न भत्ताको व्यवस्था गर्नुपर्नेमा ठूला र पहुँचवाला निकायका कर्मचारीले भत्ताको माग गरिरहेका छन् । भत्ता नपाएको भन्दै अदालतका कर्मचारीले आन्दोलन नै गरेका थिए । सेवा उपलब्ध गराउने निकायका सरकारी कर्मचारीबाट गुणस्तरीय सेवा उपलब्ध गराउन सुरु गरिएको प्रोत्साहन भत्ता अन्य निकायले मागिरहेका छन् । ‘कर्मचारीको कार्यसम्पादनलाई भन्दा पनि कार्यालयको लक्ष्यलाई भत्ता वितरणको आधार लिइयो,’ प्रधानमन्त्री कार्यालयका सचिव अधिकारीले भने, ‘यसले गर्दा काम गर्ने र नगर्ने कर्मचारी एउटै बास्केटमा राखेर भत्ता पाउने अवस्था आयो ।’ कामलाई प्रभावकारी, चुस्त, छिटो–छरितो र आकर्षक बनाउन सरकारले कार्यसम्पादनका आधारमा कर्मचारीले प्रोत्साहन भत्ता पाउने व्यवस्था गरे पनि अहिले हरेक कार्यालयले भत्ताको माग गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ । प्रोत्साहन भत्ताको अहिलेको व्यवस्थालाई खारेज गरी वस्तुगत परिसूचकका आधारमा सेवामूलक र बृहत् विकास आयोजनामा मात्र भत्ता प्रणाली लागू गर्ने स्पष्ट नीति र मागदर्शन बनाउनुपर्ने प्रस्ताव अर्थको छ । 
प्रोत्साहन भत्ताले विकृति ल्याउँछ 
विमल कोइराला पूर्वमुख्यसचिव 
सरकारले अहिले विभिन्न निकायका कर्मचारीलाई वितरण गर्दै आएको प्रोत्साहन भत्ताले विकृति ल्याउँछ । कार्यसम्पादनमा आधारित भनिए पनि भत्ता वितरणलाई त्यससँग मिलाएर लान सकेको छैन । जसले गर्दा काम गर्ने र नगर्ने कर्मचारीले समान भत्ता पाइरहेका छन् । वस्तुनिष्ट रूपमा कामको मूल्यांकन गरी भत्ता वितरण गर्ने प्रणालीको विकास गरिनुपर्छ । हचुवाका भरमा भत्ता वितरण गरिएको छ । जस्तो राजस्वका कर्मचारीले भत्ता पाउँछ, अनि हुलाकको कर्मचारीले के आधार र मनोबलमा काम गर्ने ? कामको परिसूचक तयार गरी प्रत्येक मन्त्रालयमा कोष खडा गरेर भत्ता वितरण गरिनुपर्छ । 
src : //www.enayapatrika.com/2016/06/69951#sthash.QVlgVboN.dpuf
अनुहार छोप्दै अदालत पुगे ‘डा’साबहरु’ ! (फोटोफिचर)

अनुहार छोप्दै अदालत पुगे ‘डा’साबहरु’ ! (फोटोफिचर)

असार ५  |   असोक दुलाल
fake doctors in court (1)
काठमाडौं – काठमाडौं जिल्ला अदालत परिसरमा आइतबार दिउँसो नेपाल प्रहरीको बस रोकियो । प्रायः अपराधीहरु लिएर अदालत पुग्ने प्रहरीको गाडीमा आज भने कुनै खुंखार अपराधी थिएनन् । त्यहाँ थिए, भगवानकै अर्को रुप मानिएका डाक्टरहरु । ती मध्ये कोही आफ्नो क्षेत्रमा कहिलिएकै डाक्टर थिए भने कोही अस्पतालकै मालिक ।
fake doctors in court (2)
केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू तथा अन्य चिकित्सकको एनएमसी दर्ता नं प्रयोग गरी चिकित्सकिय सेवा प्रदान गर्ने ३६ जना डाक्टरहरुलाई पक्राउ गरेको थियो ।
fake doctors in court (6)

ट्रमा सेन्टरदेखि किष्ट मेडिकलसम्म नक्कली चिकित्सकको बिगबिगी ! ३६ डाक्टर पक्राउ (सूचीसहित)

‘अपरेसन क्वाक’ अन्तरगत पक्राउ गरिएका उनीहरुलाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो ।
fake doctors in court (9)
अदालत पुगेका डाक्टरहरु त्यहाँ पुगेका मिडियादेखि निकै सर्तक देखिन्थे । मिडियाले क्यामारा तेर्साउने बित्तिकै उनीहरुले अनुहार छोप्थे । कसैले हातैले मुख छोपे भने कसैले बोतलको साहारा लिएर मुख छोपे, कोहीले भने पहिलेनै मास्क लगाएर अदालत पुगेका थिए ।
fake doctors in court (13)
अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरेको छ ।
fake doctors in court (15) fake doctors in court (14) fake doctors in court (12) fake doctors in court (11) fake doctors in court (10) fake doctors in court (8) fake doctors in court (7) fake doctors in court (5) fake doctors in court (4) fake doctors in court (3) fake doctors in court (16)
यी हुन् नेपालका ‘पावर एलिट’

यी हुन् नेपालका ‘पावर एलिट’

 

-मात्रिका पौडेल


केही दिनअघि अनलाइनखबरमा ‘पावर एलिट’ शब्दको प्रयोग गरेर लेखेपछि यसबारे मूलधारे मिडिया र सोसल मिडिया दुबैतिर अपेक्षित बहस भएका छन् । ‘पावर एलिट’ शब्दलाई फरक दृष्टिकोण हुनेहरुले आ-आफ्नो अनुकुल ब्याख्या गर्नु पनि अपेक्षित नै हो । अनपेक्षित कुरा त के मात्रै हो भने-अरुको आलोचनामा गालीगजौजका शब्द समेत प्रयोग गर्न रत्तिभर अप्ठेरो नमान्ने ‘फरक बिचारवाला’बौद्धिक अग्रजहरुले आफ्नो आलोचना पचाउन सक्दा रहेनछन् ।

बौद्धिक बजारका अग्रजहरु फरक विचारलाई सामाजिक फासीवादको जामा पहिर्‍याएर उम्किन खोज्छन् तर त्यो त बौद्धिक फासीवाद भएन र ? हो, यसैलाई भनिएको हो पावर एलिट जमात ।
के हुन् पावर एलिट ?
समाजशास्त्री सि राइट मिल्सका अनुसार पावर एलिट भनेको पढेलेखेका र शक्तिशाली व्यक्तिहरुको यस्तो समूह हो, जसले आफ्नो विचारबाट राजनीतिक, सामाजिक र आर्थिक एजेण्डाहरुलाई नियन्त्रण गर्न खोज्छ ।
अमेरिकाको सन्दर्भमा मिल्सले प्रयोग गरेको पावर एलिट शब्द नेपालको सन्दर्भमा कहीँ न कहीँ मेल खान्छ । नेपालका पावर एलिट कुनै कुनै समयमा शासन सत्तामा आफ्नो विचारको प्रभुत्व कायम गर्थे । तिनीहरु अहिले कोही विस्थापित भए । केही बिचौलियाका रुपमा रुपान्तरित भएका छन् ।
नेपालका सन्दर्भमा पावर एलिटका रुपमा आफूलाई फरक बिचारकका रुपमा चिनाउन चाहनेहरुको समूह देखा परेको छ । यो समूह कुनै निश्चित जात समूह वा क्षेत्रको नभई सबै समुदायका सम्भ्रान्तहरुको साझा ‘लुज फोरम’हो ।
खातापिता रैथाने परिवारमा जन्मिएर राम्रो शिक्षा दीक्षा पाएका र विदेशका विश्वविद्यालयमा पढेका तथा अन्तर्राष्ट्रिय मिडियामा प्रभाव र पहुँच भएकाहरु यो समूहका मेरुदण्ड हुन् । पावर एलिट समूहले आफ्नो सुबिधा अनुसार भिन्नभिन्न समयमा भिन्न समुदाय वा व्यक्तिलाई निशाना बनाउँछ । अहिले उनीहरुको निशाना पहाडे खस आर्यहरु हुने गरेका छन् ।
पावर एलिटको सफलता
देश विदेशका एजेन्सीहरुसँग राम्रो सम्बन्ध भएका, राष्ट्रसंघ लगायत दातृ संस्थाहरुले पत्याएका व्यक्तिहरु हुनुको फाइदा पावर एलिटहरुले राम्रोसँग उपयोग गर्न पाउँछन् । खासमा पावर एलिटहरुको पारिवारिक विरासत खोतल्यो भने यिनीहरु इतिहासको कालखण्डमा राज्यका शक्तिशाली निकाय वा व्यक्तिको आशिर्वादका कारण सबै अवसरहरु उपयोग गर्न सफल भएको पाइन्छ । त्यसैले उनीहरुले सबै प्रकारका अवसर पाए र अहिलेको व्यवस्थामा उनीहरु आफूलाई फरक धारमा स्थापित गराउन चाहान्छन् । वर्तमान सन्दर्भमा पावर एलिटहरु राज्य विरुद्ध विशेषतः अन्तर्राष्ट्रिय समुदाय र त्यसमा पनि दाताहरुबीच भ्रम छर्न प्रयोग हुने गरेका छन् ।
सोलोडोलो खस पहाडेलाई शासक भन्दिएपछि प्रगतिशील र सामाजिक न्यायको अभियन्ता भइहाल्ने ब्राण्ड पावर एलिटले स्थापित गरेका छन्
यो पावर एलिट समूह विदेशी समुदायलाई नेपालको पहाडमा बस्ने खस बाहुन क्षेत्रीहरु शासक हुन् र यिनीहरु एलिट जाति हुन् भन्ने भ्रम छर्न सफल भएको देखिन्छ । यथार्थमा कुनै जाति वा समुदाय सबै एलिट हुने वा कुनै जाति समुदायका सबै मान्छे उत्पीडित हुने भन्ने परिभाषा कहिँ कतै छैन ।
सरकारी सेवा, ब्यापार व्यवसायदेखि राज्यसत्ता र वित्तीय क्षेत्रमा वर्चश्व राख्नेहरुको प्रतिशत केलाउने भन्दा सोलोडोलो खस पहाडेलाई शासक भन्दिएपछि प्रगतिशील र सामाजिक न्यायको अभियन्ता भइहाल्ने ब्राण्ड पावर एलिटले स्थापित गरेका छन् ।
पावर एलिटहरु सबै दृष्टिबाट साधनस्रोत सम्पन्न छन् । यिनका कुरा विदेशीले पनि सुन्छन् र पत्याउँछन् । किनकी कागजी प्रपोजल बनाउन यिनीहरुलाई कसैले सक्दैन ।
जसरी हिल एलिट भनेर पावर एलिटहरुले पहाडी समुदायलाई एकोहोरो लान्छित गरिरहेका छन्,त्यसको प्रतिवाद गर्न जुम्ला वा बाजुरामा बसेको खस बाहुन क्षेत्रीले सक्दैन । काठमाडौंमा आएर आफ्नो प्रोफाइल बनाएका, प्रतिष्ठा कमाएका ‘हिल एलिटहरु’ बोल बोल मछली मुखभरि पानीको अवस्थामा छन् । अरिंंगालको गोलामा ढुंगा हान्ने हिम्मत यो निम्न मध्यमवर्गीय जिविकामुखी तप्कामा छैन । मनमनै मुर्मुरिँदै बस्नु र कसैले प्रतिवाद गरिदियो भने पनि कानेखुसीको शैलीमा ठीक गरिस् भन्नु उनीहरुको नियति हो । किनकि पावर एलिटको विचार विपरीत अभिव्यक्ति दियो भने नश्लवादी, प्रतिगामी, ओलगार्की भइने डर छ ।
के गर्छन् पावर एलिटले ?
पावर एलिटहरु को हुन् त ? सिधा सिधा भन्ने हो भने नेपालको वर्तमान सन्दर्भमा पावर एलिटहरु ती हुन् जो मुलुकमा अस्थिरता र असन्तुष्टिको आगो बाल्न भएभरको शक्ति लगाउँछन् । यिनीहरुका लागि बलियो र स्थिर राज्य दुश्मन हो । पावर एलिटले भिन्न भिन्न समयमा भिन्न भिन्न एजेण्डाको वकालत गर्छ । जुन समयमा जुन ब्राण्ड बिक्छ त्यो ब्राण्डको प्रचार-प्रसार गर्नु उनको बिजनेश हो । कुनै बेला माओवादी विद्रोहको ब्राण्ड थियो,पछि आदिवासी जनजाति ब्राण्ड भयो । अहिले मधेसवादको ब्राण्ड बिकाउन तल्लीन पावर एलिट समूहले कुनैबेला दशनामी ब्राण्डलाई पनि बोकेको थियो ।
संविधान जारी हुनुअघि सुर्खेत र जुम्लामा आन्दोलन हुँदा उत्पीडितको आन्दोलन भनेर लेख्ने पावर एलिट त्यो समाधान भएलगत्तै थरुहट आन्दोलन शुरु भएपछि सुर्खेती र जुम्लीलाई खस शासक वर्ग भनेर गालीगलौजमा उत्रिए । उनीहरुको सुर्खेत जुम्ला ब्राण्ड एक साता पनि चलेन त्यसैले मधेस र थरुहट पसे । मधेस र थरुहट आन्दोलनमा सुरक्षाकर्मीबाट अधिक बल प्रयोगको विरोध गर्नुको साटो पावर एलिटहरु सुरक्षाकर्मीलाई जिउँदै जलाइएको र एम्बुलेन्सबाट थुतेर मारिएको घटनालाई न्यायपूर्ण संघर्ष भनेर उत्रिए ।
यस अर्थमा भन्न सकिन्छ कि पावर एलिटले राज्यको दमन र आन्दोलनकारीको अत्याचारलाई निरपेक्ष रुपमा हेर्छन् । जबकि ती दुबै गलत थिए । राज्यले शान्तिपूर्ण आन्दोलनमाथि अधीक बल प्रयोग गर्नु र आन्दोलनकारीले हिंसा र हत्या गर्नु दुबै उत्तिकै दुःखद र निन्दनीय घटना हुन् ।
प्रसुती पीडाभन्दा पीआरको पीडा
पावर एलिटले फेमिनिजमको वकालत त गर्छ, तर आधारभूत वर्गका महिलाको प्रसुती गराउने बर्थिङ सेन्टर नभएर मृत्यु भएको पीडाभन्दा उसका लागि घरानिया महिलाले विकसित देशको पीआर लिन नेपाली नागरिकता त्यागेको विषय बढी पीडादायी हुन्छ । यिनीहरु ढोँगी हुन्छन् र दुनियाँलाई ढाँटिरहन्छन् । बाजुरीका मनकली थापाका कथा लेख्ने बेला एउटा पत्रकार एक्लै हुन्छ, तर नेपाललाई सराप्दै क्यानडाको नागरिक बनेकी अर्की कुनै घरानियाँ थापाको बचाउका लागि संगठन बनाएरै उत्रिन्छन् ।
नेपालको राष्ट्रपति विश्वको शक्तिशाली महिलाको सूचीमा दर्ज हुँदा गिज्याउने पावर एलिट समूह नेपाललाई धिक्कार्दै पलायन हुने सम्भ्रान्त महिलालाई नेपाली महिलाको मानक बनाउन बल प्रयोग गर्छ । पावर एलिटहरु विद्या भण्डारी राष्ट्र प्रमुख, ओनसरी घर्ती व्यवस्थापिका मुख र सुशीला कार्की न्यायपालिका प्रमुख बन्दा खिसिटिउरी गर्दै मूलधारका सञ्चार र सोसल मिडियाबाट उडाउन उद्यत हुन्छ ।
देशको प्रगति कहिल्यै नसोच्ने, सामाजिक संरचनाहरुमा भएका परिवर्तन र समावेशीकरणका पाइलाहरुलाई रोक्न खोज्ने र राष्ट्रमा भएका सकारात्मक परिवर्तनलाई पटक्कै आत्मसात गर्न नसक्नु नेपाली पावर एलिटको विशेषता हो ।
त्यसैले पावर एलिटहरु पहाड त हिमालमा बस्ने खस क्षेत्री बाहुनलाई हिल एलिट भनेर अपमानित गर्छन् । तर, राजधानीमा पुस्तौंदेखि राजा महाराजाको चाकर बनेर राज्यसत्ताको तर, मारेका घरानिया र तिनका सन्ततिले एउटा किताब वा लेख लेखेकै भरमा उत्पीडितका मसिहा बनाउँछ यो समूह ।
यो समूहले मध्यम वर्गलाई अत्यन्त घृणा गर्छ, किनकि मध्यम वर्ग जहिले पनि प्रतिक्रिया जनाउँछ । प्रतिक्रिया जनाउनु, लेख्नु वा विरोध गर्नु पावर एलिटले आफ्नोमात्र अधिकार ठानेको छ । राजनीतिक आन्दोलन दलहरुले गर्छन्, तर सामाजिक विभेद र भेदभावको अभियान नागरिक तहबाट चलाउनुपर्छ भन्दा पावर एलिटलाई अपाच्य हुन्छ ।
किनकि राजनीतिक आन्दोलनमा घुसेर, उत्पीडित समुदायका एजेण्डा अपहरण गर्नु पावर एलिटको प्रमुख विशेषता हो । मूलधारका दलले भाउ नदिनुको कुण्ठा पनि पावर एलिटहरुमा बेला बेलामा प्रकट हुन्छ ।
नेपालको पावर एलिट ग्रुपमा स्थापित लेखक, साहित्यकार, पत्रकार, राजनीतिकर्मी र बिभिन्न विधाका विज्ञहरु छन् । बौद्धिक बजार यो समूहको सिण्डिकेटमा चलेको छ
कमजोर राज्य, पावर एलिटको स्वर्ग
पावर एलिटले आधारभूत तहका जनताको समस्याबारे कहिल्यै लेख्दैन र बोल्दैन । किनकि उसलाई यसबारे जान्नु पनि छैन । हरेक समस्यालाई राजनीतिकरण गरेर आफ्नो बजारी बर्चश्व कायम राख्नु र सामाजिक समूहहरुबीच तीब्र घृणा तथा द्धेषको विउ छर्नु पावर एलिटको उद्देश्य हो । त्यसैले पावर एलिटहरु मधेस वा पहाडमा हुने सामाजिक विभेदको कुरा उठ्दा आक्रामक हुन्छन् । उनीहरु भन्छन्-पहिले राजनीतिक कुरा गर,सामाजिक विभेद हामी आफैं मिलाउछौं । समग्रमा कमजोर राज्य पावर एलिटको लागि स्वर्ग हो ।
पावर एलिटले मुुलुकमाथि थोपरिएको नाकाबन्दी जायज थियो भन्छन् तर मुुलुकलाई कुनै एक छिमेकीसँग मात्र निर्भर नहुने गरी अर्को छिमेकीसँग पनि पारवान सन्धी गर्दा नाजायज भन्छ । देशको स्वाधीनता र आत्मनिर्भरताको कुरा गर्दा पावर एलिट नुवाकोटको तारुकामा माघे संक्रान्तिको बेला जुधाउन तयार पारिएका साँढे जस्तै डुक्रिएर जाइलाग्छन् । सामाजिक सुरक्षा र तराई मधेसका सदरमुकामको पूर्वाधार विकासमा राज्यले ठूलो लगानी गर्न अघि सर्दा पावर एलिट मुर्मुरिदै खुट्टा बजार्छ । सिमान्तकृत र सामाजिक थिचोमिचो र छुवाछुतमा परेका दलितका लागि बजेट छुट्याउदा पावर एलिटलाई चिटचिट पसिना आउछ ।
श्रष्टा मर्दा खुच्चिङ, आलोचकलाई अभियोग
नेपालको पावर एलिट ग्रुपमा स्थापित लेखक, साहित्यकार, पत्रकार, राजनीतिकर्मी र बिभिन्न विधाका विज्ञहरु छन् । बौद्धिक बजार यो समूहको सिण्डिकेटमा चलेको छ । अरुले दलितका पीडा लेख्यो भने यो झम्टिन्छ, तर अरुले गरेका राम्रा काम पटक्कै सुन्नै चाहँदैन । मान्छे मरेपछि जतिसुकै खराब भए पनि गाली गरिन्न । तर, पावर एलिट यस्तो जमात हो, जसले कुनै स्रष्टा मरेपछि श्रद्धाञ्जली होइन, ‘त्यो सनातनी शासकको सेवक थियो, जनअधिकारको पक्षमा कहिल्यै बोलेन’ भन्दै खुच्चिङ बजाउँछ । त्यसको पछिल्लो शिकार अम्बर गुरुङ भए, सबैले पढेकै हो ।
र अन्तमाः केही प्रगतिशील अग्रजहरुले उहाँहरुको बिचारप्रति असहमति राख्नेलाई सामाजिक फासीवादी भन्नुहुन्छ । सामाजिक फासीवाद भनेको राज्यको लगानीमा हुर्किन्छ । सामाजिक सञ्जालमा स्वस्फूर्त सामान्य नागरिकबाट आउने प्रतिक्रियालाई सामाजिक फासीवाद भन्ने हो भने पावर एलिटले बिछ्याएको बौद्धिक धरापलाई के भन्ने ? बौद्धिक फासीवाद भन्नुपर्ने होइन र ?
अरुको आलोचना गर्न कुनै सीमा र सभ्यता नराख्ने तर आफ्नो आलोचना गर्नेलाई सामाजिक फासीवादी वा हिल एलिट भनेर मुक्ति पाइएला र ? विचार मन नपर्ने बित्तिकै पहाडे उच्चजातीय खस अहंकारवादी, नश्लवादी, महेन्द्रीय चिन्तनग्रस्त मनुवादी खोक्रो राष्ट्रवादी जस्ता केही रेडिमेड अभियोग लाएर सधैं उम्किन मिल्दैन । विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यसले व्यक्तिगतरुपमा कसैलाई आरोपित गरेको छैन । तर, पावर एलिटको अर्को विशेषता के हो भने, यो आफ्नो स्वार्थसमूहमाथि कतैबाट बैचारिक आलोचना भयो भने संगठितरुपमा प्रतिवादमा उत्रिन्छ । जुन सामथ्र्य उहाँहरुले नै भन्ने गरेका ‘हिल एलिट’हरुमा छैन ।
http://www.onlinekhabar.com/2016/06/442257/